श्रमिक अधिकारको माग गर्दै नारायणी स्पातका १ सय ९ जना श्रमिक आन्दोलनमा ,उद्योग पक्षले कानुन बिपरित हटाएको आरोप

रञ्जन यादब /बारा १० साउन बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ मा सञ्चालित नारायणी स्पात उद्योगमा कार्यरत १०९ जना श्रमिकले श्रम ऐनअनुसार प्राप्त हुनुपर्ने सेवा–सुविधा तथा ट्रेड युनियनसम्बन्धी अधिकारको माग गरेकै कारण आफूहरूलाई सेवाबाट हटाउने कानुनविपरीत निर्णय गरिएको आरोप लगाएका छन्। श्रमिक नेता बेनि तिमल्सिनाको भनाइअनुसार उनीहरूले करिब डेढ महिनाअघि उद्योग व्यवस्थापनसमक्ष श्रम ऐनबमोजिमको सेवा–सुविधा, श्रमिक अधिकारको … Read more

वीरगञ्ज चिनी मिल र अम्लेखगञ्ज–रक्सौल रेल्वेको सरकारी जग्गामा बसोबास गर्नेले धनीपुर्जा पाउन सक्ने

रञ्जन यादब /बारा १० साउन सरकारले वीरगञ्ज चिनी मिल तथा अम्लेखगञ्ज–रक्सौल रेल्वेअन्तर्गतका सरकारी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई निश्चित मापदण्ड पूरा गरेपछि धनीपुर्जा उपलब्ध गराउन सकिने संकेत गरेको छ।स्थानीय भूमि समस्या समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष बलभद्र बास्तोलाले हाल प्रचलित भूमिसम्बन्धी नियमावलीअनुसार औद्योगिक प्रयोजनका सरकारी जग्गा वितरण गर्न कानुनी … Read more

चक्का पडकिएर जीतपुरमा विद्युतीय कार अनियन्त्रित भई दुर्घटनामा , दुई वटा पसलमा क्षती पुग्यो

रञ्जन यादब /बारा १० साउन बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरको टेडा रोडस्थित भित्री सडक खण्डमा आइतबार दिउँसो चक्का पडकिएर एउटा विद्युतीय कार अनियन्त्रित भई दुर्घटनामा परेको छ । टेडाबाट जितपुरतर्फ आउँदै गरेको बा.प्र. ०१–०३१ च ३८८० नम्बरको कार कारको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई सडक छेउमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएका … Read more

जीतपुरमा रहेको श्रीराम खाद्य उद्योगबाट रु. ४ लाख १५ हजार बराबरका सामान चोरी, तीन जना नियन्त्रणमा

रञ्जन यादव /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योगबाट रु. ४ लाख १५ हजार बराबरका सामान चोरी भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार कम्पाउन्ड वाल नभई विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको उक्त उद्योगबाट विभिन्न मेसिन तथा फलामजन्य सामान … Read more

ट्राफिक नियम उल्लङ्घनबाट बारामा रु. १ करोड ३५ लाखभन्दा बढी राजस्व, दुर्घटनामा मृत्यु घट्यो

रञ्जन यादव /बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ६ सय ९३ सवारीसाधनलाई कारबाही गर्दै १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कारबाहीमा परेका सवारीसाधनको संख्या र राजस्व दुवै घटेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। … Read more

पथलैयाबाट राति ट्रक लिएर सहचालक सम्पर्कविहीन, प्रहरीले थालेको खोजी

रञ्जन यादव /बारा, साउन ४ बाराको पथलैयाबाट आइतबार राति पार्किङमा राखिएको एउटा मालबाहक खाली ट्रक लिएर सहचालक सम्पर्कविहीन भएका छन्। ना६ख १३५७ नम्बरको उक्त ट्रक राति पार्किङ स्थलबाट निकालिएको भए पनि सोमबार दिउँसोसम्म ट्रक र सहचालक दुवैको अवस्था खुल्न सकेको छैन। प्रहरीका अनुसार राति करिब ११ बजेतिर सहचालकले पार्किङमा रहेको ट्रक चलाएर बाहिरिएको दृश्य सिसिटिभी … Read more

स्थायी कर्मचारी हटाएर करारमा राख्न खोजिएको भन्दै रिलायन्स चिनी मिल्समा विवाद

रञ्जन यादव /बारा ०१ साउन बारास्थित रिलायन्स चिनी मिल्समा कार्यरत स्थायी कर्मचारीलाई सेवाबाट हटाएर करार प्रणालीमा काम गर्न दबाब दिइएको आरोप सार्वजनिक भएपछि मिल्सभित्र श्रम विवाद चर्किएको छ। कलैया उपमहानगरपालिका वडा नं.२४ स्थित उक्त उद्योगमा करिब दुई दशकदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दुई जना स्थायी कर्मचारीले आफूहरूलाई स्थायी सेवाबाट हटाई करारमा काम गर्न बाध्य पार्न … Read more

वातावरणीय मापदण्ड उल्लंघन गरेको भन्दै हुलास स्टिललाई ५ लाख रुपैयाँ जरिवाना

रञ्जन यादव /बारा ३२ असार जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय मापदण्ड उल्लंघन गरेको भन्दै सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगबाट निस्कने फोहोर, फोहोरपानी तथा तेलजन्य पदार्थको उचित व्यवस्थापन नगरी वातावरण प्रदूषित गरेको निष्कर्षसहित उपमहानगरपालिकाले वातावरण संरक्षण ऐन, २०७६ बमोजिम उक्त कारबाही गरेको हो। त्यस्तै जीतपुरसिमरा-३ स्थित नन्दन घ्यु उद्याेग र गणपती … Read more

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगको अनुगमन, वातावरण प्रदूषण र सार्वजनिक जग्गा अतिक्रमणबारे स्थानीयको गुनासो

रञ्जन यादब /  बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गर्नुका साथै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै बढ्दो गुनासोपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत अनुगमन गरेका छन्।अनुगमनका क्रममा गृहमन्त्री गुरुङले जगदम्बा स्टिल, हुलास स्टिललगायत करिडोरका विभिन्न उद्योगको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र प्रभावित बासिन्दासँग छलफल गरेका थिए। त्यसक्रममा स्थानीयले उद्योग सञ्चालनसँग जोडिएका … Read more

साना किसान कृषि सहकारीको ११औँ स्थापना दिवस, अपाङ्गता भएका दुई जनालाई आर्थिक सहयोग

रञ्जन यादब /बारा ३१ असार साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिमराले आफ्नो ११औँ स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ मनाएको छ। संस्थाको सिमरास्थित कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गता भएका दुई जना व्यक्तिलाई जनही ५ हजार १ सय रुपैयाँका दरले आर्थिक राहत प्रदान गरिएको हो। राहत प्राप्त गर्नेमा पथलैयाकी अञ्जली फुएल र सिमराका नसिब हुसैन … Read more