रास्वपाको नगर अधिवेशन सिमरामा सम्पन्न, सुरेशराज केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रञ्जन यादब /बारा २० जेठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतपरसिमरा उपमहानगरको नगर अधिवेशन सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेशराज केसीको सभापतित्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ ।गठन गरिएको नगर कार्यसमितिको उपसभापतिमा कविता चौधरी, सचिवमा अमृत बस्याल तथा सहसचिवमा नारायण उप्रेती सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।त्यसैगरी सदस्यहरूमा उषा बुढाथोकी प्रसाईँ, सुशीला … Read more

सूर्य नेपाल प्रालि सिमराको आधिकारिक ट्रेड युनियन निर्वाचनमा बहुराष्ट्रिय कम्पनी मजदुर युनियनको लगातार १० औँ पट्क जित

रञ्जन यादब /बारा २० जेठ सूर्य नेपाल प्रालि सिमरामा सम्पन्न आधिकारिक ट्रेड युनियन निर्वाचनमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अखिल) निकट नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन विजयी भएको छ।निर्वाचनमा नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनले १३३ मत प्राप्त गर्दै विजय हासिल गरेको मजदुर नेता बेनि तिमल्सिनाले जानकारी दिए । यसको प्रतिद्वन्द्वी समग्र उद्योग ट्रेड युनियन नेपालले … Read more

जीतपुरसिमराले जिल्ला स्तरीयप्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरुलाई नगदसहित सम्मान

रञ्जन यादब /बारा ११ जेठ बारामा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल जीतपुरसिमरा उपमहानगरपालिका ले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । जिल्ला खेलकुद समिति बाराको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी भएका उपमहानगरपालिकाका ८६ जना विद्यार्थी खेलाडीमध्ये ७६ जनाले विभिन्न विधामा पदक जित्न सफल भएका थिए । … Read more

सिमरा सेजको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले स्थलगत अनुगमन , ९३ परिवारले पुनस्र्थापनाको माग गर्दै बुझाए ज्ञापन पत्र

रञ्जन यादब /बारा १० जेठ बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले आइतबार स्थलगत अनुगमन गरेकी छन ।सेज क्षेत्रमा बढ्दो अतिक्रमण, उद्योग सञ्चालनमा देखिएको समस्या तथा स्थानीय बासिन्दाको मागबारे जानकारी लिन मन्त्री यादव सिमरा पुगेकी हुन् ।अनुगमनका क्रममा सिमरा सेजको जग्गामा बसोबास गरिरहेका ९३ परिवारले आफूहरूको उचित … Read more

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ भीषण हावाहुरीले प्रभावित

रञ्जन यादब /बारा १० जेठ शनिबार साँझ आएको भीषण हावाहुरीपछि प्रभावित बनेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ लगायतका क्षेत्रमा आइतबार नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले स्थलगत निरीक्षण गरेका छन् । नगर प्रहरीको टोलीसहित प्रभावित क्षेत्रमा पुगेको टोलीले क्षतिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारका कामलाई तीव्र बनाएको हो । निरीक्षण टोलीमा … Read more

कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले भू–सेवा सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास तालिम सञ्चालन

रञ्जन यादब/बारा ०९ जेठ बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले आफ्ना कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले भू–सेवा सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ । सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्यसहित आयोजित उक्त तालिममा उपमहानगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू तथा विभिन्न वडाका सचिवहरूको समेत सहभागिता रहेको थियो । तालिममा भू–सेवासँग सम्बन्धित कानुनी … Read more

बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद अब खुला टकरावमा

बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद अब खुला टकरावमा पुगेको छ । शनिबार कलैयाको करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठक एकाएक तनावग्रस्त बनेपछि प्रतिनिधिसभा सदस्यहरू नै बैठक स्थलबाट बाहिरिन बाध्य भएका छन् । बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का सांसद चन्दन सिंह, क्षेत्र नम्बर ३ … Read more

बारामा क्यान्सर पीडित महिलालाई प्रजिअले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

रञ्जन यादब /बारा ०८ जेठ जिल्ला प्रशासन कार्यालय बाराले एक क्यान्सर पीडित महिलालाई उनको घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर २७ निवासी मुरतिया देवी क्यान्सर रोगका कारण अत्यन्त सिकिस्त अवस्थामा रहेका बेला प्रशासनले मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चालेको हो । पीडित परिवारबाट नागरिकताका लागि माग भएलगत्तै बाराका … Read more

सम्पत्ति कर उठाउँनमा सहजीकरण गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई पत्रचार

रञ्जन यादव /बारा, ०८ जेठ बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले सम्पत्ति कर सहजीकरणका लागि सबै वडा कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३ कार्यान्वयनमा ल्याइएको जानकारी गराइएको हो ।उपमहानगरपालिकाका अनुसार २०८३ वैशाख ११ गते बसेको कार्यपालिका बैठकले “सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३” … Read more

सिम्रौनगढमा अवैध भारतीय कुखुरा बरामद, खाल्डो खनी नष्ट

रञ्जन यादव /बारा, २२ जेठ बाराको सिम्रौनगढ नगरपालिका–३ श्रीनगर बैरिया स्थित नहर खण्डको बाटो हुँदै अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको भारतीय कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले शुक्रबार बिहान करिब ९ बजे भारतबाट नेपालतर्फ ल्याइँदै गरेको ४८ वटा जिउँदा कुखुरा बरामद गरेको हो । सीमावर्ती क्षेत्रको नहर बाटो प्रयोग गरी … Read more