नगर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित

रञ्जन यादब /बारा ३१ साउन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा गठन गरेको उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यका रूपमा जिम्मेवारी दिएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गुप्तालाई मनोनयनसम्बन्धी पत्र हस्तान्तरण गरेका … Read more

कोल्हबीमा पाँच थान सालको गोलियासहित पाँच साइकल बरामद

रञ्जन यादब /बारा ३१ साउन बाराको कोल्हबी नगरपालिका वडा नं.५ सखुहवाबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार गर्न लागिएको सालको गोलियासहित पाँचवटा साइकल बरामद गरेको छ। विशेष सूचनाका आधारमा कोल्हबी सब–डिभिजन वन कार्यालयबाट अधिकृत कृष्ण पटेलको कमाण्डमा खटिएको वन गस्ती टोलीले गएराति सखुहवा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सालको गोलियासहितका पाँचवटा साइकल बरामद गरेको हो। डिभिजन … Read more

बंकुल र कुशमाडी सरयामा विद्युत् लाइन सुचारु, कृषि विद्युतीकरण योजनाले गति लिँदै

रञ्जन यादब /बारा २९ साउन बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेको कृषि विद्युतीकरण कार्यक्रमले गति लिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को नगर गौरव योजनाअन्तर्गत वडा नम्बर १७, १८, १९, २० र २४ मा सञ्चालन भइरहेको विद्युत् विस्तार योजनाअन्तर्गत वडा नम्बर १८ का बंकुल र कुशमाडी सरयामा आजदेखि ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन … Read more

महागढीमाईमा अवैध घरेलु मदिरा भट्टीमा प्रहरीको छापा, १० हजार लिटर कच्चा पदार्थ नष्ट

रञ्जन यादब /बारा २९साउन बारा प्रहरीले महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ नष्ट गरेको छ ।महागढीमाई नगरपालिका वडा नं.३ ग्वास टोल र वडा नम्बर १० गञ्जभवानीपुरमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनापछि प्रहरीले संयुक्त रूपमा कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका … Read more

शिलान्यासको चार वर्ष बित्दा पनि बनेन जैतापुर–रामनगर पुल, वर्षामा स्थानीयलाई सास्ती

रञ्जन यादब /बारा २७ साउन जितपुरसिमरा उपमहानगरपालिका–१७ स्थित जैतापुर र रामनगर जोड्ने पसाहा खोलाको पक्की पुल निर्माण योजना शिलान्यास भएको करिब चार वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन। पुल निर्माण हुने आशामा बसेका स्थानीय अहिले निराश भएका छन्।२०७९ असोज ९ गते तत्कालीन वन तथा वातावरणमन्त्री तथा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एकै दिन … Read more

बारामा राजस्व सङ्कलनमा १७ प्रतिशत वृद्धि, करदाता सङ्ख्या ९३ हजार नाघ्यो

रञ्जन यादब /बारा २४ साउन आन्तरिक राजस्व कार्यालय बारा, सिमराले आर्थिक वर्ष २०८२÷८३ मा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि गरेको छ। कार्यालयका अनुसार आव २०८१÷८२ को तुलनामा गत आर्थिक वर्ष २०८२÷८३ मा कुल राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि भएको हो।कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार रुपैयाँ राजस्व … Read more

जितपुरमा १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

रञ्जन यादब /बारा २४ साउन बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा शान्ति टोल निवासी करिब ४२ वर्षीय वीरेन्द्र बैठा रहेका छन्।विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले … Read more

बाराबाट रौतहट र पर्सामा ५ हजार बिरुवा पठाइयो

रञ्जन यादब /बारा २३ साउन डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८१÷८२ मा उत्पादन गरेका विभिन्न प्रजातिका ५ हजार बिरुवा छिमेकी जिल्ला रौतहट र पर्सामा निःशुल्क पठाएको छ। सडक किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गर्ने उद्देश्यले ती बिरुवा उपलब्ध गराइएको हो। डिभिजन वन कार्यालय बाराका अनुसार रौतहटको परोहा नगरपालिकाका लागि २ हजार र पर्साको … Read more

उमेर नपुगेका बालबालिकालाई मदिरा तथा नशालु पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको अनुरोध

रञ्जन यादव /बारा २१ साउन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा, सुर्तीजन्य पदार्थ, लागुऔषध तथा अन्य नशालु पदार्थ बिक्री–वितरण नगर्न स्थानीय व्यवसायीहरूलाई अनुरोध गरेको छ । केही होटल, रेस्टुरेन्ट, बार तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उमेर नपुगेका बालबालिकालाई यस्ता पदार्थ बिक्री भइरहेको गुनासो आएपछि संघले सूचना जारी गर्दै व्यवसायीहरूलाई सचेत गराएको … Read more

हुलास स्टिल इण्डष्ट्रिजले मनायो ४५औँ स्थापना दिवस, उत्कृष्ट कर्मचारी सम्मानित

रञ्जन यादव /बारा २१ साउन बाराको सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज प्रा.लि.ले आफ्नो ४५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा उद्योगले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई विभिन्न विधाका अवार्ड प्रदान गर्दै सम्मान गरेको छ। उद्योगका प्रबन्ध निर्देशक हिमांशु गोल्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र प्रसाद कँडेल प्रमुख अतिथिका रूपमा … Read more