बिद्युतिय माध्यमबाट बोलपत्र आहवान गर्दा २१ करोड ८८ लाख भन्दा बढी रकम बचत

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बिद्युतिय माध्यमबाट ठेक्का आहवान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैया बचत गरेको छ । चालु आर्थिक बर्षमा नगर प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा ४३ वटा बिभिन्न शिर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आहवान … Read more

त्रिवेणी स्पिनिङ्ग मिल्समा आगलागि हुँदा २ करोडको क्षती

बाराको छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागि हुँदा करिब २ करोड रुपैयाको क्षती भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको उक्त उद्योगमा भएको आगलागिबाट २५ सय के.भि.ए.को ट्रान्सफर्मरमा पुर्ण रुपमा क्षती पुगेको उद्योगको प्रशासकिय अधिकृत राजेश श्रेष्ठले जानकारी दिनुभयो । आगलागि भएको ट्रान्सफर्मरबाट आगो सल्किएर नजिकै रहेको सोहि … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाले भब्यताको साथ सहकारी दिवस मनाउने

रञ्जन यादब/ जीतपुरसिमरा उपमहानगरपालिकाले ७६ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ मनाउँने भएको छ  । विहिबार उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २० गतेका दिन विहान ७ बजे प्रभातफेरी सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो । बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानर सहित उत्साहजन … Read more

फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन , लक्ष्य भन्दा करिब २७ प्रतिशतले कमी

रञ्जन यादब /बारा आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि फागुन मसान्तसम्ममा ९ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको आँठ महिनामा १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजार राजस्व संकलन गर्ने लक्ष्य आन्तरिक राजस्व कार्यालय सिमराले राखेपनि ९ अर्ब ४८ करोड ११ लाख ११ हजार … Read more

भारतीय पर्यटकलाई अपराधी देख्ने नजरिया संघिय सरकारले बदल्नुपर्छ ःमुख्यमन्त्री यादब

रञ्जन यादब /बारा मधेस प्रदेस सरकारका मुख्य मन्त्री सरोज कुमार यादबले भारतीय पर्यटकलाई अपराधी सरहको ब्यवहार बन्द नगरेसम्म मधेस प्रदेसको बिकास नहुने बताएका छन् । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबार देखि सुरु भएको जीतपुरसिमरा महोत्सव २०८० को उद्घाटन मुख्यमन्त्री यादबले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादबले भारतीय नम्बर प्लेटको गाडी … Read more

शुक्रबार देखि जीतपुरसिमरा महोत्सव ,सम्पुर्ण तयारी पुरा

रञ्जन यादब /बारा बाराको बजनीमा फागुन १८ गते शुक्रबार (भोलि ) देखि हुन लागेको जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार महोत्सव स्थल बजनीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारी बारे जानकारी दिएको हो ।महोत्सवको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ । जीतपुरसिमरा उपमहानगरपालिका … Read more

जीतपुरसिमरा महोत्सव फागुन १८ गते देखि २९ गते सम्म

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा फागुन १८ गते देखि २९ गते सम्म जीतपुरसिमरा महोत्सव हुने भएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० को बिषयमा जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।सोमबार … Read more

मालपोत कार्यालय सिमराले ६ महिनामा १० करोड ५७ लाख ७४ हजार राजश्व संकलन

रञ्जन यादब /बारा मालपोत कार्यालय सिमराले चालु आर्थिक बर्षको ६ महिनामा १० करोड ५७ लाख ७४ हजार ८ सय ७५ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । गत आर्थिक बर्षको पुष मसान्तसम्ममा ९ करोड ८० लाख २१ हजार ९ सय ७१ रुपैया सङ्कलन भएको थियो । चालु आथिक बर्ष २०८०।०८१ मा कार्यालयले पुष मसान्त … Read more

स्थानीय प्रशासनले अनुगमनको नाममा दुख दिएको भन्दै, ठेक्कदारहरुले ठेक्का रद्धको माग

रञ्जन यादब /बारा स्थानीय प्रशासनले खोलाको अनुगमन गर्दा एक्साभेटरको चाबी र रसिदको ठेली नियन्त्रणमा लिएको भन्दै ठेक्दारहरुले आपत्ती जनाएका छन् । उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिकालाई ठेक्का रकम फिर्ता गरी ठेक्का रद्ध गर्न एक पत्रद्धारा माग गरेका छन् । पसाहा खोलाको ठेक्का पाएको सोमन सप्लायर्स , बालगंगा खोलाको ठेक्का पाएको जयमातादी कन्ट्रक्सन कलैया र दुधौरा खोलाको ठेक्का … Read more

शाख स्टिल उद्योग अनिश्चितकालका लागि बन्द

रञ्जन यादब /बारा बाराको बजनी स्थित शाख स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएको छ् । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द गर्नुपरेको शाख स्टिलका प्रबन्धक राजु प्रसाद तिमलसिनाले जानकारी दिए । उद्योग बन्द हुँदा करिब ३ सय मजदुरहरु बेरोजगार भएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ मा रहेको उक्त शाख स्टिल … Read more