जीतपुरमा भएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा एमरल्ड एकेडेमी प्रथम

रञ्जन यादब /बारा १३ कार्तिक जीतपुरस्थित होलिराज इङ्गलिस स्कुलको आयोजनामा सम्पन्न दोस्रो अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा एमरल्ड एकेडेमी जीतपुर प्रथम भएको छ। प्रतियोगितामा एभरग्रिन स्कुल जीतपुर द्वितीय, जेपीईसी तृतीय र अमरेला एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजक बिद्यालयका प्रिन्सिपल सुधिरकुमार दासले जानकारी दिए । विद्यार्थीहरूको बौद्धिक क्षमता, ज्ञानको दायरा, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने … Read more

संस्थागत विद्यालयमाथि राज्यको विभेदकारी व्यवहार भएको सञ्चालकहरूको गुनासो

रञ्जन यादब /बारा २९ असोज बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थागत विद्यालयका सञ्चालकहरूले राज्यले निजी विद्यालयमाथि विभेदकारी व्यवहार गरेको गुनासो गरेका छन्। शैक्षिक गुणस्तर सुधारमा योगदान पु¥याउँदै आएका संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा समेत समान अवसर नदिइएको उनीहरूको भनाइ छ । सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरूको आयोजनामा जीतपुरसिमरा वडा नं.१५, डुमरवानास्थित बेङ्गाई रिभर रिसोर्टमा आयोजित दसैँ, तिहार तथा … Read more

जिल्ला हुलाक कार्यालय बाराले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरी हुलाक दिवस मनायो

रञ्जन यादब /बारा २३ असोज विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय बाराले आज शुक्रबार विभिन्न खेलकुद कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावनाहरू’ भन्ने नाराका साथ १५२औँ विश्व हुलाक दिवस मनाइएको हो । दिवसका अवसरमा कार्यालयले म्युजिकल चेयर, फुटबल शट गोल, बोटल फ्लिप, स्पुन रेस तथा घैँटो फुटाउने लगायतका … Read more

गणपूरक संख्या नपुगेपछि विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको भेला स्थगित

रञ्जन यादब /बारा, २१ असोज  जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेला गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। विद्यालय व्यवस्थापन समिति गठनका लागि कुल अभिभावक संख्याको कम्तीमा २५ प्रतिशत उपस्थित हुनुपर्ने व्यवस्था भए पनि आवश्यक संख्या नपुगेपछि भेला स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहले … Read more

मधेशमा उच्च शिक्षाको सुधारसँगै विश्वस्तरीय शैक्षिक संस्था निर्माण गर्ने सरकारको योजना

रञ्जन यादब /बारा २० असोज मधेश प्रदेशमा उच्च शिक्षाको सुधार, राष्ट्रिय योग्यता प्रारुपको कार्यान्वयन तथा उच्च शिक्षाको भविष्यका विषयमा बाराको सिमरामा उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा युनेस्को नेपालको सहकार्यमा असोज १९ र २० गते आयोजित दुईदिने कार्यक्रम विभिन्न सरोकारवालाबीच उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका … Read more

सेन्ट अल्फोन्साज स्कुलमा बिद्यार्थीको सिर्जनात्मकता झल्काउँने शैक्षिक प्रदर्शनी

रञ्जन यादब /बारा ०४ असोज सेन्ट अल्फोन्साज स्कुल सिमराले विद्यार्थीको सिर्जनात्मक क्षमता, व्यावहारिक ज्ञान तथा प्रस्तुतीकरण सीप विकास गर्ने उद्देश्यले विभिन्न विषयमा आधारित शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा विज्ञान, कम्प्युटर, गणित, सामाजिक अध्ययन, अंग्रेजी र नेपाली विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा सिर्जनात्मक प्रस्तुती राखिएको थियो । विद्यार्थीहरूले आफूले अध्ययन … Read more

बकुलियाबाट हराएका तीन बालबालिका भारतमा फेला, मेला हेर्न गएको खुलेपछि परिवारमा खुसी

रञ्जन यादव /बारा, २८ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट हराएका एकै परिवारका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्। भारतको मोतीहारी जिल्ला, रमघडवा थाना जोगवलिया घर भई हाल बकुलियामा डेरा गरी बस्दै आएका मुकेश पासवानका दुई छोरी र एक छोरा आइतबार बिहान घरबाट सम्पर्कविहीन भएका थिए। हराउनेमा करिब ५ वर्षीय धिरज पासवान, ८ वर्षीया … Read more

बाढीपीडितको सहयोगार्थ विद्यार्थीले खाजा खर्च बचाएर प्रधानमन्त्री राहत कोषमा रकम पठाए

 रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकको सहयोगका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ९ हजार २ सय ५० रुपैयाँ सहयोग गरेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितका लागि राहत रकम सङ्कलन गरेका हुन्। विद्यार्थीहरूको पहलमा मिति … Read more

बारामा शिक्षा कर्मचारीका लागि क्षमता विकास तालिम सुरु

रञ्जन यादब /बारा २४ भाद्र स्थानीय तहको शिक्षा प्रशासनलाई थप प्रभावकारी, व्यवस्थित र तथ्यमा आधारित बनाउने उद्देश्यले बारामा दुई दिने क्षमता विकास तालिम सुरु भएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ बाराको आयोजनामा बुधबारदेखि सुरु भएको तालिममा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत शिक्षा शाखाका कर्मचारीहरू सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाराको सभाहलमा … Read more

गाउँघरका दुर्घटना भैरहने जोखिम स्थानमा रिफलेक्ट स्टिकर टाँस

रञ्जन यादब /बारा २३ भाद्र बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१८ अन्तर्गतका दुर्घटना जोखिमयुक्त स्थानमा रातिको समयमा सवारी आवागमनलाई सुरक्षित बनाउन रिफलेक्ट स्टिकर राख्ने अभियान सुरु गरिएको छ।मंगलबार बडहर्वास्थित मौवापैनी पुलको दुवैतर्फ ड्रम तथा बाँसका खम्बा राखेर रिफलेक्ट स्टिकर टाँस्दै अभियानको सुरुवात गरिएको हो। रातिको समयमा सडक तथा पुल आसपासको जोखिमपूर्ण स्थान स्पष्ट रूपमा देखियोस् र सम्भावित … Read more