बकुलियाबाट हराएका तीन बालबालिका भारतमा फेला, मेला हेर्न गएको खुलेपछि परिवारमा खुसी

रञ्जन यादव /बारा, २८ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट हराएका एकै परिवारका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्। भारतको मोतीहारी जिल्ला, रमघडवा थाना जोगवलिया घर भई हाल बकुलियामा डेरा गरी बस्दै आएका मुकेश पासवानका दुई छोरी र एक छोरा आइतबार बिहान घरबाट सम्पर्कविहीन भएका थिए। हराउनेमा करिब ५ वर्षीय धिरज पासवान, ८ वर्षीया … Read more

बाढीपीडितको सहयोगार्थ विद्यार्थीले खाजा खर्च बचाएर प्रधानमन्त्री राहत कोषमा रकम पठाए

 रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकको सहयोगका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ९ हजार २ सय ५० रुपैयाँ सहयोग गरेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितका लागि राहत रकम सङ्कलन गरेका हुन्। विद्यार्थीहरूको पहलमा मिति … Read more

बारामा शिक्षा कर्मचारीका लागि क्षमता विकास तालिम सुरु

रञ्जन यादब /बारा २४ भाद्र स्थानीय तहको शिक्षा प्रशासनलाई थप प्रभावकारी, व्यवस्थित र तथ्यमा आधारित बनाउने उद्देश्यले बारामा दुई दिने क्षमता विकास तालिम सुरु भएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ बाराको आयोजनामा बुधबारदेखि सुरु भएको तालिममा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत शिक्षा शाखाका कर्मचारीहरू सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ बाराको सभाहलमा … Read more

गाउँघरका दुर्घटना भैरहने जोखिम स्थानमा रिफलेक्ट स्टिकर टाँस

रञ्जन यादब /बारा २३ भाद्र बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१८ अन्तर्गतका दुर्घटना जोखिमयुक्त स्थानमा रातिको समयमा सवारी आवागमनलाई सुरक्षित बनाउन रिफलेक्ट स्टिकर राख्ने अभियान सुरु गरिएको छ।मंगलबार बडहर्वास्थित मौवापैनी पुलको दुवैतर्फ ड्रम तथा बाँसका खम्बा राखेर रिफलेक्ट स्टिकर टाँस्दै अभियानको सुरुवात गरिएको हो। रातिको समयमा सडक तथा पुल आसपासको जोखिमपूर्ण स्थान स्पष्ट रूपमा देखियोस् र सम्भावित … Read more

जनहितले मध्यवर्ती क्षेत्रका चार हजार पाँच सय सदस्यलाई संरक्षण तथा सहकारी शिक्षा दिइने

रञ्जन यादव /बारा २२ भदौ पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय उपभोक्ता तथा सहकारीका शेयर सदस्यलाई संरक्षण र सहकारीसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले विशेष शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संयुक्त पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रम सोमबारदेखि सुरु … Read more

छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न ,राष्ट्रिय प्रतियोगिताकोलागि आँठ जना छनोट

रञ्जन यादब /बारा २० भाद्र छैठौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सिमरामा सम्पन्न भएको छ। बाईटर एकेडेमी सिमराको आयोजना तथा स्क्रायबल क्लब बाराको सहकार्यमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न १४ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा एक वटा सामुदायिक विद्यालयसहित विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रत्येक विद्यालयबाट दुई÷दुई जना विद्यार्थी सहभागी गराइएको आयोजकले जनाएको … Read more

प्रसौनीमा कानुनी सचेतना अभियान, विद्यार्थी र समुदायलाई अधिकार–कर्तव्यबारे जानकारी

बारा १८ भाद्र नागरिकमा आधारभूत कानुनी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले बाराको प्रसौनी गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयमा कानुनी सचेतना अभियान सञ्चालन भइरहेको छ। “कानुनी ज्ञान, सचेत समाजको पहिचान” र “कानुन जानौँ, सचेत रहौँ” भन्ने नारासहित सञ्चालन भइरहेको अभियानअन्तर्गत स्थानीय बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई उनीहरूका अधिकार, कर्तव्य र कानुनी उपचारका विषयमा जानकारी गराइँदै आएको छ। पूर्वाञ्चल … Read more

पूर्व शिक्षक सिटौलाद्वारा नेपाल राष्ट्रिय माविमा १० लाखको छात्रवृत्ति अक्षय कोष

रञ्जन यादब /बारा १८ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक अच्युतदेव सिटौलाले विद्यार्थीको उच्च शिक्षामा सहयोग पु¥याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ ।विद्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा सिटौलाले आफ्ना तथा श्रीमती सरस्वती सिटौलाको नाममा ‘अच्युतदेव सरस्वती सिटौला छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो। विद्यालयमा वि.सं. … Read more

रसुवा बाढीपीडितका लागि अक्षरा पाठशाला परिवारद्वारा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

रञ्जन यादब /बारा १६ भाद्र रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बाराको जीतपुरसिमरा–१, सिमरास्थित अक्षरा पाठशाला परिवारले आर्थिक सहयोग गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीप्रति सहानुभूति व्यक्त गर्दै अक्षरा पाठशाला परिवारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको अक्षरा पाठशाला स्कुल सिमराका सञ्चालक … Read more

नेपाल राष्ट्रिय मावि सिमराको सामाजिक परीक्षण ः ३ करोड ८९ लाखभन्दा बढी आय, ३ करोड ७५ लाख खर्च

रञ्जन यादब /बारा १५ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक सत्रअन्तर्गत सामाजिक परीक्षण प्रस्तुतीकरण, प्रबोधीकरण, अनुमोदन तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयको वार्षिक आय–व्यय, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा विद्यालय सुधार योजना (एसआईपी) को कार्यान्वयन … Read more