पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना, आगलागीपछि पूर्ण रूपमा जलेर नष्ट

  पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसर पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल लोड गरिएको थियो। दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको हो। आगलागीबाट ट्याङ्कर … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मनायो नवौं स्थापना दिवस

रञ्जन यादब /बारा २० साउन ‘समृद्ध व्यापार, संगठित उद्योग, सबल अर्थतन्त्र’ भन्ने मूल नारालाई आत्मसात गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो नवौं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। संघको कार्यालयमा आयोजित स्थापना दिवस कार्यक्रममा उद्योग, व्यापार तथा आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संघका वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी, … Read more

बारा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न, लक्ष्यभन्दा बढी क्षेत्रफलमा खेती

रञ्जन यादव /बारा २० साउन यस वर्ष बारा जिल्लामा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। समयमै पर्याप्त वर्षा भएपछि किसानहरूले सहज रूपमा रोपाइँ सम्पन्न गरेका हुन्।कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ सकिएको छ। चालु आर्थिक वर्षमा जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामै पहिलो पटक बकुलियाको नमूना माविमा सामाजिक लेखापरीक्षण सम्पन्न

रञ्जन यादव /बारा २० साउन बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी, उत्तरदायी र सहभागितामूलक बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका अनुसार यो जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सामुदायिक विद्यालय स्तरमा पहिलो पटक गरिएको सामाजिक लेखापरीक्षण हो।बकुलिया क्याम्पसको सभाकक्षमा लेखापरीक्षण समितिका संयोजक तथा … Read more

विज्ञान शिक्षामा जीतपुरसिमराको लगानीः ११० विद्यार्थीलाई करिब ४० लाख रुपैयाँ छात्रवृत्ति

रञ्जन यादब /बारा १८ साउन जीतपुरसिमरा उपमहानगरपालिकामा  विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रम उल्लेखनीय रूपमा विस्तार भएको छ। गत आर्थिक वर्ष २०८२÷८३ मा उपमहानगरपालिकाले माध्यमिक तह (कक्षा ११–१२) मा विज्ञान विषय अध्ययनरत ११० जना विद्यार्थीलाई कुल ३९ लाख ८२ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लाभग्राही विद्यार्थी संख्या … Read more

अखिल नेपाल औद्योगिक मजदुर संघ बारा र पर्साको संयुक्त जिल्ला भेला सम्पन्न

रञ्जन यादब /बारा १६ साउन अखिल नेपाल औद्योगिक मजदुर संघ बारा र पर्साको संयुक्त जिल्ला भेला सम्पन्न भएको छ। शुक्रबार सिमरास्थित थानिमाई पार्कको सभाहलमा सम्पन्न भेलाले दुवै जिल्लाका नयाँ जिल्ला समिति चयन गर्नुका साथै औद्योगिक श्रमिकका समस्या समाधानका विषयमा विभिन्न निर्णय गरेको हो।भेलाबाट बारा जिल्ला समितिको अध्यक्षमा डी.बी. थापा, उपाध्यक्षमा देवेन्द्र सिटौला, सचिवमा दीपक कार्की, … Read more

उद्योग बढे, सेवामूलक भवन सुनसान ः सिमरा सेजका ४५ करोडका संरचना प्रयोगविहीन

रञ्जन यादब /बारा १५ साउन बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरू सञ्चालन र निर्माणको क्रम तीव्र भए पनि उद्योगलाई आवश्यक पर्ने सेवामूलक पूर्वाधार भने प्रयोगविहीन बनेका छन्। उद्योग लक्षित सेवा प्रवाहका लागि निर्माण गरिएका भवनहरू खाली रहँदा करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ। सिमरा विशेष आर्थिक क्षेत्र (सेज) को ब्लक ‘ए’ मा उद्योगहरूको … Read more

अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणको चरणमाा, स्थानीयको सुझावसहित आयोजना अघि बढ्दै

रञ्जन यादब /बारा १४ साउन नेपाल आयल निगमको बहुप्रतीक्षित अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ। बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६०.२४१ किलोमिटर लम्बाइमा निर्माण हुन लागेको उक्त पाइपलाइनले मुलुकको पेट्रोलियम ढुवानी प्रणालीलाई थप सुरक्षित, भरपर्दो र आधुनिक बनाउने अपेक्षा गरिएको छ। भारत सरकारको सहयोगमा निर्माण हुन लागेको पाइपलाइन आयोजनासँगै चितवनको लोथरमा अत्याधुनिक ग्रिनफिल्ड … Read more

माग सम्बोधन नभएको भन्दै नारायणी स्पातका हटाइएका श्रमिकको आन्दोलन चौथो दिन पनि जारी

रञ्जन यादब /बारा १३ साउन बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा सञ्चालित नारायणी स्पात उद्योगबाट सेवामुक्त गरिएका ९७ जना श्रमिकले आफ्ना विभिन्न माग पूरा गर्न दबाब दिँदै आन्दोलनलाई निरन्तरता दिएका छन्। भने १२ जनाले खाली कागजमा हस्ताक्षर गरी काममा फर्केका छन् । आन्दोलनको चौथो दिन बुधबार पनि उनीहरूले उद्योगको मूल प्रवेशद्वारमा १ घण्टा धर्ना बसेर … Read more

पेट्रोल पम्पमा मोटरसाइकलमा आगलागी, चालक फरार

रञ्जन यादब /बारा ११ साउन बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ नौतनस्थित ऋषभ आयल स्टोर पेट्रोल पम्पमा सोमबार दिउँसो मोटरसाइकलमा पेट्रोल भरिसकेपछि आगलागी भएको छ। आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ः३० बजे ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल हालिसकेपछि स्टार्ट गर्ने क्रममा अचानक आगो लागेको थियो। … Read more