इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे (इलाम), मंसिर २२- इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु … Read more

पूर्वराजाले पृथ्वी नारायण शाहको सालिक अनावरणपछि झापामा शक्ति प्रदर्शन

काठमाडौं, मंसिर ९- पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् । आजको कार्यक्रममा ८ … Read more

कोशीमा मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखले आज सांसदहरुको सनाखत गर्दै

काठमाडौं, असोज २७- कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन्। प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय … Read more

कोशी प्रदेश : बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् उपसभामुख

विराटनगर, भदौ ४- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्। आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू भने काठमाडौं उडेकी हुन्। यति एयरलाइन्सको … Read more

अस्पतालको शौचालयभित्र एक पुरुष मृत फेला

विराटनगर, जेठ १७- विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा उक्त पुरुष मृत भेटिएका थिए । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई … Read more

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर, वैशाख २८– छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रङेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा आमा मानकीदेवी साहको मृत्यु भएको … Read more

७६ ग्राम ब्राउन सुगरसहित २ महिला झापाबाट पक्राउ

झापा, वैशाख २२- प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् । उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली … Read more

मोरङका ३ परीक्षा केन्द्रबाट ११६ जना एसईईका परीक्षार्थी पक्राउ

मोरङ, चैत २३ मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । आज (बिहीबार) ५२ जनालाई नियन्त्रणमा … Read more

सोलुखुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु, चैत ८ सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको लेक लागेर गत सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले बताए। खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। हिमपातका कारण सो … Read more

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन १४- देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना … Read more