आज देखी धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं, १४ माघ । काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका … Read more

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो । थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश … Read more

चितवन प्रहरीद्धारा ४२ जना फरार अभियुक्त पक्राउ

चितवन, माघ १० – जिल्ला प्रहरी कार्यालय चितवनद्धारा ४२ जना फरार अभियुक्त पक्राउ गरिएको छ । देशको विभिन्न ठाँउबाट प्रहरीले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते ्विभिन्न क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले बताउनु भयो … Read more

चितवनमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए,एकको मृत्यु, तीन घाइते

भरतपुर,माघ ९- चितवनको दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार बिहान ११ः४० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको ना ५९ प २६२१ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको ना ६५ प ७२२५ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना … Read more

माडीमा पाण्डेको प्रश्न: चुनाव अगाडि बाँडेको निस्सा खोई, सुकुमबासीले लालपूर्जा कहिले पाउँछन् ?

चितवन, माघ १- चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवम् राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले माडीका सुकुमबासीले अहिलेसम्म लालपूर्जा पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । थारु कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले माडीका जनताहरु सिधा भए पनि अबुझ नरहेको भन्दै चुनाव अगाडि बाडिएको निस्सा … Read more

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

चितवन, पुस २४- नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । … Read more

नक्कली नोटसहित महिला प्रकाउ

काठमाडौं, पुस १३- काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन्। गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो।

नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु

भरतपुर,पुस १३- चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०/५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा उपचारका क्रममा साँझ ४ः३० बजे मृत्यु … Read more

काठमाडौं कोलम्बस स्कुलद्धारा दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित काठमाडौं कोलम्बस स्कुलले १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न गरेको छ। भिसिओनोभा बहुउद्देश्यीय कम्पनी (VISIONOVA MULTIPURPOSE COMPANY ) र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम २०८० पौष ५ र ६ गते भिसिओनोभा फुटसलको फराकिलो मैदानमा भएको थियो । यस प्रतियोगितामा … Read more

भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास

चितवन, पुस ४- भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् । गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको … Read more