पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँन पत्रकारसँग अन्तरक्रिया

रञ्जन यादब ,बारा सर्बसधारणमा पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँने उदेश्यले बारा जिल्लाको निजगढमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँको सहयोग तथा हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा निजगढ नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । नारायणी अस्पताल बिरगंजका बरिष्ठ प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. … Read more

नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको

रञ्जन यादब / जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुको समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (सिबिआइएमएनसिआई) कार्यक्रमको समीक्षा तथा अनुशिक्षण कार्यक्रम ईनर्वाशिरा स्वास्थ्य चौँकीमा सम्पन्न भएको छ । स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सिबिआइएमएनसिआई कार्यक्रमको समीक्षा गर्दै बालमृत्युदर घटाउन अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । निमोनिया, डायरिया, कुपोषण, दादुरा र मलेरियाजस्ता बालमृत्युदर … Read more

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध अन्तरक्रिया

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।अभिमुखिकरण कार्यक्रममा सहभागी चिकित्स तथा स्वास्थ्यकर्मिहरुले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन् । बिभिन्न आधुनिक प्रबिधिले झन् लिङ्गको … Read more

जीतपुरसिमराको परिक्षामा ५५ प्रतिशतभन्दा बढी बिद्यार्थी अनुतिर्ण (फेल)

रञ्जन यादब/ बारा जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको आधारभुत तह ( कक्षा ८ )को परिक्षामा ५५ प्रतिशत भन्दा बढी बिद्यार्थी अनुतिर्ण भएका छन् । जसमा सामुदायिक बिद्यालयतर्फ १ हजार ६७ जना र संस्थागत बिद्यालयतर्फ १ सय ८४ जना अनुतिर्ण भएका छन् । चैत्र २ गते देखि ९ गते सम्म सञ्चालन भएको परिक्षामा २ हजार २ सय ६८ … Read more

नेरामाबि औराहाको अभिभावक भेला सम्पन्न ,बिद्यालयको शिक्षक र कर्मचारीको छोराछोरी कार्यरत बिद्यालयमा पढाउँनुपर्ने

रञ्जन यादब /बारा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको अभिभावक भेला आज शनिबार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित उक्त बिद्यालयमा भएको अभिभावक भेलामा बिद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार … Read more

बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै आपत्ती

रञ्जन यादब /बारा बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ती जनाएको छ । शिक्षक सेवा आयोग भक्तपुरले नि. मा.बि. तहमा बारा जिल्लामा सिफारिस भएका स्थायी शिक्षकहरुको कारण अस्थाई तथा करारमा कार्यरत शिक्षकहरु बिस्थापित भईरहेको प्रती गम्भिर ध्यानआकर्षण भएको नेपाल शिक्षक संघले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । नेपाल शिक्षक … Read more

जीतपुरसिमरामा ४० हजार जनालाई दादुरा रुबेला खोप लगाईने

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा करिब ४० हजार जना बालबालिकालाई दादुरा रुबेला खोप अभियान अन्तर्गत खोप लगाईनेभएको छ । उपमहानगरपालिकामा फागुन १३ गते देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने लक्ष्य राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी  दिए । खोप अभियान कार्यक्रम सफल रुपमा सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको … Read more

शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त

रञ्जन यादब /बारा बाराको सिमरा स्थित शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त भएका छन् । कलेजका संचालक समिती रहेका मण्डललाई कलेज व्यवस्थापन समितिले प्रमुखमा नियुक्त गरेको हो ।प्रमुखमा नियुक्त भएसंगै मण्डलले शुक्रबार जिम्मेवारी सम्हालेको कलेजका सञ्चालक डा.राहुल झाले जानकारी दिए । कलेजमा आयोजित एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी र मधेश प्रदेश बिश्व बिद्यालयका … Read more

अक्षरा पाठशाला बाेडिङ्ग स्कुलमा चाेरी

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा मङ्गलबार राती चोरी भएको छ । चोरहरुले नगद ७० हजार , ल्यापटप , कम्पयुटरको हार्ड डिस्क लगायत शैक्षिक सामग्रीहरु चोरी गरेको बिद्यालयका प्रिन्सिपल नरेन्द्र तमाङ्गले जानकारी दिएका छन् । स्कुलको सि.सि. टि.भि क्यामरामा दुई वटा युवाहरु चोरी गरिरहेको तस्बिर देखिएपनि प्रहरीले अहिलेसम्म उनीहरुलाई … Read more

ब्राईटर एकेड्मीको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ०२ स्थित ब्राईटर एकेड्मी ,सिमराले आफनो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख राजन पौडेलले बदलिँदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिँदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले अवको युग भनेको सूचना … Read more