बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि ‘गुड टच–ब्याड टच’ सम्बन्धी सचेतना

रञ्जन यादब /बारा ०८ भाद्र बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दै गएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले विद्यालयमै पुगेर बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी सचेतना दिन सुरु गरेका छन्।बालबालिकालाई आफ्नो शरीरप्रति सचेत बनाउँदै राम्रो र नराम्रो स्पर्शबीचको फरक बुझाउने उद्देश्यले गिरीले विद्यालयस्तरबाटै अभियान सुरु गरेका हुन्। उनले आफुले पढेको … Read more

जन्मदर्ता प्रमाणपत्रका विवरणलाई आधार मानेर विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्न विद्यालयलाई निर्देशन

रञ्जन यादब /बारा ०१ भाद्र जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्दा जन्मदर्ता प्रमाणपत्रमा उल्लेखित विवरणलाई आधार मान्न निर्देशन दिएको छ ।उपमहानगरपालिकाको पञ्जीकरण शाखाकी अधिकृत दुर्गा न्यौपानेले पत्राचार गर्दै विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरूको व्यक्तिगत विवरण उनीहरूको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार कायम गर्न आग्रह गरेकी हुन्। जन्मदर्ता प्रमाणपत्र बाहेक … Read more

जघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या देखियो

रञ्जन यादब /बारा २९ साउन जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ। विद्यालयमै आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरमा ५ सय विद्यार्थीको आँखाको परीक्षण गरिएको हो। रोटरी क्लब अफ वीरगन्जको सहकार्य तथा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा परीक्षण गरिएका विद्यार्थीमध्ये २४ जनामा आँखासम्बन्धी समस्या पहिचान भएको डा. अमर … Read more

जीतपुरसिमरामा अपाङ्गता समावेशीकरणबारे युवा दिवसमा बहस

रञ्जन यादब /बारा २७ साउन जीतपुरसिमरा उपमहानगरपालिकामा अपाङ्गता भएका तथा फरक क्षमता भएका युवाको अधिकार, पहुँच र अवसरका विषयमा बहस गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ बुधबार उपमहानगरपालिकाको सभाहलमा प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। नेत्रहिन युवा संघ नेपाल र सीबीएम ग्लोबल डिसएबिलिटी इन्क्लुजनको संयुक्त आयोजनामा … Read more

कुष्ठरोग प्रभावित स्वयंसहायता समूहका अगुवा सहभागीलाई नेतृत्व तथा पैरवी तालिम

बिदुर खड्का/ डुमरबाना २७ साउन बारा, पर्सा र रौतहट जिल्लाका सीमान्तकृत तथा कुष्ठरोग प्रभावित समुदायका स्वयंसहायता समूहका अगुवाहरूका लागि दुईदिने नेतृत्व तथा पैरवी तालिम सिमरामा सम्पन्न भएको छ। लेप्रोसी मिसन नेपालअन्तर्गत सञ्चालित स्वयंसहायता समूहका च्याम्पियन अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा तीन जिल्लाका २२ जना अगुवाहरूको सहभागिता रहेको थियो। तालिममा समूहले स्थानीय कार्यक्षेत्रमा काम … Read more

बारको विद्यालयमा कायम रहेका बेरुजु फछ्र्यौट गर्न अन्तरक्रिया

रञ्जन यादब /बारा २६ साउन शिक्षा विकास तथा समन्वय एकाइ बाराको आयोजनामा स्थानीय तहमा कार्यरत शिक्षा प्रमुख तथा शिक्षा अधिकृत, संस्थापक र प्रधानाध्यापकहरूबीच शिक्षा क्षेत्रका विभिन्न विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलैया स्थित श्री ३ चन्द्र मा.बि. मा मंगलबार आयोजित कार्यक्रममा स्थानीय तह र विद्यालयमा विभिन्न आर्थिक वर्षमा कायम रहेका बेरुजु फछ्र्यौट, गाउँ … Read more

परवानीपुरमा द्रुत प्रतिकार्यसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

रञ्जन यादब /बारा २६ साउन परवानीपुर गाउँपालिकाको सभाहलमा स्वास्थ्य आपतकालीन अवस्था तथा महामारीजन्य जोखिमको प्रभावकारी व्यवस्थापन र द्रुत प्रतिकार्यसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।स्वास्थ्य निर्देशनालय सपही, द प्यान्डेमिक फन्ड तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय तहमा विपद् तथा महामारीका समयमा अपनाउनुपर्ने तयारी, समन्वय र द्रुत प्रतिकार्यका विषयमा छलफल गरिएको थियो। कार्यक्रमको … Read more

जीतपुरसिमराका ८ सामुदायिक विद्यालयमा ‘उज्यालो परियोजना’, शैक्षिक गुणस्तर सुधारमा उपमहानगरको पहल

रञ्जन यादब /बारा २५ साउन जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले ‘उज्यालो परियोजना’ सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा सूर्य नेपाल प्रालिको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब ६५ लाख रुपैयाँको लागतमा परियोजना सञ्चालन हुन लागेको हो। शून्य शैक्षिक गरिबी अर्थात् ‘जिरो एजुकेशन पोभर्टी–जेडईपी’ अवधारणामा … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा शिक्षा सुधारमा कडाइ ः विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक छनोट प्रक्रिया तत्काल अघि बढाउन पत्र

रञ्जन यादब /बारा २२ साउन जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउन दुई महत्त्वपूर्ण निर्देशन जारी गरेको छ । उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन र स्थायी प्रधानाध्यापक छनोटको प्रक्रिया यथाशीघ्र अघि बढाउन सबै सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको हो। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पहिलो पत्र (मिति २०८३ साउन २० गते … Read more

उमेर नपुगेका बालबालिकालाई मदिरा तथा नशालु पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य संघको अनुरोध

रञ्जन यादव /बारा २१ साउन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा, सुर्तीजन्य पदार्थ, लागुऔषध तथा अन्य नशालु पदार्थ बिक्री–वितरण नगर्न स्थानीय व्यवसायीहरूलाई अनुरोध गरेको छ । केही होटल, रेस्टुरेन्ट, बार तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट उमेर नपुगेका बालबालिकालाई यस्ता पदार्थ बिक्री भइरहेको गुनासो आएपछि संघले सूचना जारी गर्दै व्यवसायीहरूलाई सचेत गराएको … Read more