जीतपुरसिमरा उपमहानगरपालिमा बारा एकता बोर्डिङ स्कूल उत्कृष्ट, सामुदायिक बिद्यालयको स्थिती लज्जासपद

रञ्जन यादव /बारा २६ चैत्र जीतपुरसिमरा उपमहानगरपालिकाले हालै सार्वजनिक गरेको अधारभुत तह कक्षा ८ को परिक्षाको नतिजामा बारा एकता बोर्डिङ स्कूल,सिमराले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको छ। उक्त बिद्यालयबाट परिक्षमा सहभागी ३१ जना बिद्यार्थीहरु मध्ये ३० जना बिद्यार्थी उतिर्ण भएका छन् ।जसमा ९ जना ए प्लस ,१७ जना ए र ४ जना बि … Read more

नेरा नमुना मा.बि.बकुलियाका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण

रञ्जन यादब /बारा २६ चैत्र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयद्वारा श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया भवानीपुरका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । बिहीबार आयोजित कार्यक्रममा वडा अध्यक्ष प्रमुख अतिथिको रुपमा दिपेन्द्र चौधरी उपस्थित भई विद्यार्थीहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्न सामग्री वितरण गरेका थिए। कार्यक्रममा वडा सदस्य ईश्वर चौधरी विशिष्ट अतिथिको रूपमा … Read more

तेस्रो जीतपुर–सिमरा क्रिकेट कपमा बाराले पर्साविरुद्ध सान्त्वना जित

रञ्जन यादब /बारा तेस्रो जीतपुर–सिमरा क्रिकेट कपअन्तर्गत सोमबार सम्पन्न खेलमा बाराले पर्साविरुद्ध सान्त्वना जित निकालेको छ। सेज क्रिकेट मैदान मा भएको प्रतिस्पर्धामा बाराले ६ विकेटको जित हात पार्दै प्रतियोगितामा आफ्नो अन्तिम खेल जितका साथ टुंग्याएको हो। पर्साले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको बाराले १९.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। बाराको जितमा साहिल पटेलले … Read more

सिमरामा साना किसान सहकारीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर साना किसान कृषि सहकारी संस्था लि. सिमराले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहकारीका सदस्य तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहजकर्ताको भूमिका कुलोत्तम प्रसाद पोख्रेलले निर्वाह गरेका थिए भने साना किसान बिकाश लघुबित्त बित्तिय … Read more

संस्थागत(निजी) विद्यालयलाई पाठ्यपुस्तक परिवर्तन नगर्न उपमहानगरपालिकाको कडा निर्देशन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुलाई हरेक वर्ष मनपरी ढंगले पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन दिएको छ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट जारी गरिएको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो ।कार्यालयका अनुसार पछिल्ला वर्षहरुमा विद्यालयहरुले बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरुमा अनावश्यक आर्थिक भार थपिएको भन्दै गुनासो बढ्दै गएको छ । विशेषगरी एउटै विषयका पुस्तकहरु … Read more

शिव पुराण महायज्ञको आय–व्यय सार्वजनिक, ९ लाख बढी बचत

रञ्जन यादब/बारा शिव पुराण महायज्ञ समितीले  आैराहामा आयोजना गरेको महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिका सचिव नवीन खड्काका अनुसार जीतपुरसिमरा -४ अाैराहामा आयाेजना गरिएकाे महायज्ञमा दाताहरूबाट जम्मा २१ लाख ८० हजार ३ सय ४९ रुपैयाँ संकलन भएकोमा १२ लाख ३४ हजार ४ सय २८ रुपैयाँ खर्च भएको छ। महायज्ञबाट ९ लाख ४५ हजार ९ … Read more

सिमरा कलेजको सातौँ कलेज सभा सम्पन्न, शैक्षिक गुणस्तर सुधार र पढ्दै कमाउँदैँको मान्यतामा जोड

रञ्जन यादब /बारा सिमरा कलेजले आफ्नो सातौँ कलेज सभा भव्य रूपमा सम्पन्न गरेको छ। कलेज व्यवस्थापन समितिका अध्यक्ष अच्युतदेव सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द अचार्य प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अचार्यले आफ्नो कार्यकालमा परीक्षा प्रणालीलाई व्यवस्थित बनाउँदै समयमै नतिजा प्रकाशन गर्ने कार्यमा जोड दिएको … Read more

रामनवमीको अवसरमा जीतपुरसिमरामा शोभायात्रा

रञ्जन यादब /बारा रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल, जीतपुरको आयोजनामा आज शुक्रबार भव्य शोभायात्रा सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले निकालिएको उक्त शोभायात्रामा स्थानीय सर्वसाधारण, युवायुवती, विभिन्न संघ–संस्था तथा श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो ।शोभायात्रा जीतपुरबाट सुरु भई सिमरा हुँदै पथलैयासम्म परिक्रमा गर्दै पुनः जीतपुरमा आई समापन … Read more

नमुना माबि बकुलियाले छात्र तथा दलित बिद्यार्थीलाई छात्रबृती बितरण

रञ्जन यादब /बारा श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत छात्रा तथा दलित छात्रहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्रममा कुल ३६६ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। प्रत्येक विद्यार्थीलाई रु ४०० का दरले … Read more

सहभागितामुलक योजना निर्माणतर्फ जीतपुरसिमरा ःपाँचबर्षिय मस्यौदामाथि सुझाव संकलन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आवधिक पञ्चवर्षीय योजना (२०८३÷०८४ देखि २०८७÷०८८) सम्बन्धी मस्यौदामाथि विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजना तथा रेडियन्ट इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा.लि., ललितपुरको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रमुख राजन पौडेलले दीर्घकालीन सोचसहित योजनाबद्ध विकासमार्फत समृद्ध र व्यवस्थित नगर निर्माणमा जोड … Read more