शिक्षा क्षेत्रमा सुर्य नेपालको निरन्तर लगानी ः सिमरा नमुना बिद्यालयले पायो थप साँत स्मार्ट बोर्ड

रञ्जन यादब /बारा १९ असार बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि. सिमराले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, सिमरालाई थप ७ थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। आयोजित कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठ ले विद्यालयका प्रधानाध्यापक शंकर आचार्य लाई स्मार्ट बोर्ड हस्तान्तरण गर्दै आधुनिक प्रविधिमा आधारित शिक्षाको विकासका लागि कम्पनी … Read more

बारा जिल्लाका होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलको अनुगमन, एक फर्मलाई १० हजार रुपैयाँ जरिवाना

रञ्जन यादब /बारा १८ असार खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बारा जिल्लाका विभिन्न स्थानमा होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको संयुक्त अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा निजगढ क्षेत्रमा तथा कार्यालयसहितको संयुक्त अनुगमन टोलीले कलैया र प्रसौनी क्षेत्रमा सञ्चालनमा रहेका होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको निरीक्षण … Read more

लघु उद्यमीलाई वित्तीय पहुँच विस्तार गर्न जीतपुरसिमरामा अन्तरक्रिया कार्यक्रम

रञ्जन यादब /बारा १८ असार जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय लघु उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्दै उद्यमशीलतालाई थप सुदृढ बनाउने उद्देश्यले लघु उद्यमी, वित्तीय संस्था तथा बीमा कम्पनीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।उपमहानगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्था, लघुवित्त … Read more

मधेसमा ओभरलोड सवारीमाथि कडाइ ः ७३० सवारीबाट एक करोड ३१ लाखभन्दा बढी जरिवाना

रञ्जन यादब /बारा १६ असार मधेस प्रदेशमा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन भएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले चालु आर्थिक वर्षभरि कडा निगरानी गर्दै ठूलो परिमाणमा जरिवाना असुल गरेको छ। असार १० गतेसम्मको तथ्यांकअनुसार नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, मधेस प्रदेश अन्तर्गतका कार्यालयहरूले ७३० वटा ओभरलोड सवारीसाधनबाट कुल एक करोड ३१ लाख ५८ हजार ४५८ … Read more

जीतपुरमा गाँजासहित दुई जना पक्राउ, बिक्रीका लागि पुरिया बनाएर राखिएको लागुऔषध बरामद

रञ्जन यादब /बारा १५ असार बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै दुई स्थानमा सञ्चालनमा रहेका पसलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले जीतपुर बजारस्थित लकिचन साहको पसलमा खानतलासी गर्दा … Read more

जीतपुर बजारमा अनौठो चोरी ः चोरले चटपटे र बिर्यानी खाए, नगद र सामानसँगै सीसीटीभी क्यामरा लिएर फरार

रञ्जन यादव /बारा बाराको जीतपुर बजारमा शनिबार राति भएको चोरीको घटनाले स्थानीय व्यापारीलाई मात्र होइन, सर्वसाधारणलाई समेत अचम्मित बनाएको छ। सामान्य चोरीभन्दा फरक शैलीमा भएको यस घटनामा चोरहरूले नगद र सामान चोरी गर्नुका साथै पसलमै बसेर चटपटे बनाएर खाएका छन् भने बिर्यानी हाउसमा गएर बिर्यानीसमेत खाएर आरामसँग फरार भएको खुलेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–७ अन्तर्गत रहेको … Read more

जीतपुरसिमरा–२२ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

रञ्जन यादब /बारा १३ असार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। आयोजित कार्यक्रममा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा रिबन काटी तथा शिलालेख अनावरण गर्दै भवनको उद्घाटन गर्नुभएको हो। उपमहानगरपालिकाका अनुसार करिब ४० लाख रुपैयाँको लागतमा पाँच कोठे आधुनिक प्रशासकीय भवन निर्माण गरिएको हो। … Read more

संस्थागत (निजी) विद्यालयका शिक्षक–कर्मचारीलाई सरकारले तोकेअनुसार तलब–सुविधा दिन जितपुरसिमराको निर्देशन

रञ्जन यादब /बारा १३ असार जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत (निजी) विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिमको तलब स्केल र सेवा–सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ।उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले असार १२ गते जारी गरेको पत्रमार्फत शिक्षा ऐन, शिक्षा नियमावली तथा संस्थागत विद्यालय सञ्चालन निर्देशिकामा उल्लेखित व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सबै विद्यालयलाई आग्रह … Read more

नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी उपमहानगरपालिकाद्धारा सम्मानित

रञ्जन यादव /बारा ११ असार जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ। उपमहानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख राजन पौडेल तथा उपप्रमुख भोला प्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष गजेन्द्र कुमार गुप्ता सहितको पदाधिकारीहरूलाई टीका, दोसल्ला तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो। सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले नवगठित कार्यसमितिलाई … Read more

छातापिप्रामा जेष्ठ नागरिक तथा एकल महिला सम्मान, झुल र छाता वितरण

रञ्जन यादव /बारा ११ असार बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रामा जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्दै झुल र छाता वितरण गरिएको छ। वडा कार्यालयले चालु आर्थिक वर्षको वडास्तरीय बजेट अन्तर्गत बिहीबार आयोजना गरेको कार्यक्रममा वडाभित्रका जेष्ठ नागरिक तथा एकल महिलालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक र एकल महिलाको … Read more