जीतपुर प्रहरीद्वारा घरमा छापा , गाँजा सहित एक जना पक्राउ

  रञ्जन यादव / बारा ०८ असाेज बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ः४० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३६ वर्षीय जयनारायण चौधरीलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो। चौधरीको घरआँगनमा खानतलासी गर्दा १५ पुरीयामा राखिएको ३२० ग्राम … Read more

जीतपुरसिमरा–४ मा पहिलोपटक महिला वडा सभापति

रञ्जन यादव / बारा नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा पहिलोपटक महिला वडा सभापति निर्वाचित भएकी छन्। शनिबार सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनले सक्रिय महिला नेतृ रुक्मिणी उपाध्यायलाई सर्वसम्मत रूपमा वडा सभापतिमा चयन गरेको हो। उपाध्यायको नेतृत्वमा १३ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। यस्तै, अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गरेको … Read more

तामागढी साकाेसले सिमरा सेवा केन्द्रले दिवांगतपछि शेयर सदस्यकाे स्वर्गीय परिवारलाई राहत तथा ऋण बिमा दाबीबापतको रकम हस्तान्तरण

तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सिमरा सेवा केन्द्रअन्तर्गतका शेयर सदस्य स्वर्गीय किशोरकुमार श्रेष्ठको परिवारलाई राहत तथा ऋण बिमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ। सहकारीले सदस्यको निधनपछि परिवारलाई संस्थागत सहयोग गर्ने उद्देश्यले विभिन्न कोष तथा ऋण बिमा योजनाअन्तर्गतको रकम हस्तान्तरण गरेको हो। रकम हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाकी सिमरा सेवा केन्द्र सदस्य विनिता भट्टराईले सदस्य … Read more

सुमोको ठक्करबाट एक अज्ञात युवक पैदलयात्रीको मृत्यु

बाराको कलैया उपमहानगरपालिका-२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात युवक पैदलयात्रीको मृत्यु भएको छ। बिहिवार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको … Read more

रुख काट्ने क्रममा थिचिएर बारामा एक जनाको मृत्यु

रञ्जन यादब /बारा २३ असार बाराको सुवर्ण गाउँपालिकामा रुख काट्ने क्रममा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मंगलबार सुवर्ण गाउँपालिका वडा नं.२ सनफुलवा क्षेत्रमा रहेको खेतमा पकडको रुख काट्ने तथा टुक्र्याउने क्रममा दुर्घटना हुँदा सुवर्ण गाउँपालिका वडा नं.१ रामटोल निवासी ५५ वर्षीय जोखन महराको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता … Read more

यातायात व्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख आचार्यलाई जिम्मेवारीमुक्त

रञ्जन यादब /बारा २३ असार मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई जिम्मेवारीमुक्त गरेको छ। सेवाग्राहीमाथि कार्यकक्षभित्रै दुव्र्यवहार तथा कुटपिट गरेको आरोप लागेपछि सार्वजनिक भएको भिडियोले व्यापक विवाद निम्त्याएसँगै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यलाई मन्त्रालयमा तानेको हो। मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहका अनुसार मंगलबार गरिएको मन्त्रीस्तरीय … Read more

यातायात कार्यालय बारामा कार्यालय प्रमुखले गरे सेवाग्राहीमाथि हातपात ! भिडियो भाईरल ,निष्पक्ष छानबिनको माग

रञ्जन यादब /बारा २२ असार यातायात व्यवस्था कार्यालय बाराको कार्यालय प्रमुख कक्ष भित्रै एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित केही कर्मचारीले हातपात गरेको देखिने भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ। भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनाप्रति गम्भीर चासो देखाउँदै आवश्यक प्रक्रिया अघि बढाउने संकेत दिएको छ। प्राप्त … Read more

अनुमति दुरुपयोग गर्ने चार निजी विद्यालयमाथि उपमहानगरको कारबाही, भर्ना नगर्न अभिभावकलाई आग्रह

रञ्जन यादब /बारा १९ जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय सञ्चालन अनुमति (लाइसेन्स) को दुरुपयोग तथा नियमविपरीत सञ्चालनमा संलग्न रहेको भन्दै चार वटा संस्थागत विद्यालय बन्द गराएको छ। उपमहानगरपालिकाको शिक्षा महाशाखाले सिमरा स्थित माउन्ट एभरेष्ट स्कुलसहित रोज एकेडेमी, अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र बाबुलाल एकेडेमीलाई बन्द गराउने निर्णय गरेको हो।बन्द गरिएका विद्यालयमध्ये वडा नं. ३ रामवनस्थित रोज … Read more

हावाहुरी प्रभावित परिवारलाई जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने

रञ्जन यादब /बारा १८ जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको तीव्र हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेपछि उपमहानगरपालिकाले प्रभावित परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो।उपमहानगरपालिकाका अनुसार हावाहुरीका कारण घरको छाना उड्ने, … Read more

निर्णय राम्रो छ, कार्यान्वयन चाहियो” — नागरिक दृष्टिमा जीतपुरसिमराको १३औँ नगर अधिवेशन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको १३औँ नगर अधिवेशनले एक विधेयक र तीनवटा समिति कार्यविधि पारित गरेसँगै स्थानीय तहमा नयाँ अपेक्षा र पुराना प्रश्नहरू एकसाथ उठेका छन्। नगरसभा निर्णयलाई धेरैले सकारात्मक सुरुआतका रूपमा हेरेका छन्, तर नागरिक प्रतिक्रिया सुन्दा एउटै वाक्य बारम्बार दोहोरिन्छ— “निर्णयभन्दा बढी कार्यान्वयन चाहिएको छ।” अधिवेशनबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी … Read more