समाजका अगुवाहरुद्धारा नगर सभामा भएको तोडफोडका बिरुद्ध ज्ञापन पत्र ,कार्बाही हुनै पर्ने माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको १० औँ नगर सभामा भएको तोडफोडको बिरोध गर्दै समाजका अगुवाहरुले नगरपालिकाको ध्यानआकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले तोडफोडको कार्यको भत्र्सना गर्दै कार्बाहीको माग सहितको ज्ञापन पत्र बुझाएका छन् । तोडफोड गर्नेलाई कडा कार्बाही गरी त्यसको क्षतीपुर्ति स्वयम ब्यक्तिबाट नै भराउँनुपर्ने माग गरेका छन् । दिन्हौँ समाजिक अगुवाहरुले प्रमुख … Read more

बन र बन्यजन्तुको संरक्षणकोलागि स्थानीय तहसँग अन्तरक्रिया

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराले बन र बन्यजन्तुको संरक्षणकोलागि स्थानीय तहका प्रमुख र उप प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ । बाराको कलैयामा आयोजित कार्यक्रममा बन संरक्षण र मानिस तथा बन्यजन्तु बिच द्धन्द्ध न्युनिकरण गर्ने बिषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया कार्यक्रममा बनतर्फबाट जिल्लामा बनको अवस्था ,समस्या ,अवसर र चुनौती र लक्ष्यको बिषयमा प्रकास पारिएको … Read more

जीतपुरसिमरालाई मोतियाबिन्दु रोग मुक्त पालिका बनाउँने अभियान ,निशुल्क आँखा चेकजाँच देखि शल्यक्रिया सम्म

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो नगरलाई मोतियाबिन्दु रोग मुक्त पालिका बनाउँने अभियानमा लागिपरेको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले “जीतपुरसिमरा उपमहानगरपालिकाको अभियान ,मोतियाबिन्दु भएकालाई दृष्टिदान ˮ मुल नारासहित कार्यक्रमको आयोजना गरिरहेको छ । पालिकाले आँखालाई पहिलो प्रथामिकतामा राखि सिविर संञ्चालन गरेको छ । मानिसको पहिलो र महत्वपूर्ण अंगको रुपमा रहेको आँखा स्वास्थ्य क्षेत्रमा निकै … Read more

जीतपुरसिमराको नगरसभामा तोडफोड गर्नेलाई कार्बाहीको माग

जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा तोडफोड गर्नेलाई कार्बाहीको माग गरिएको छ । सचेत नागरिक समाजले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कार्बाहीको माग गरेको हो । ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको हो । असार १० गते भएको दशौँ … Read more

समुदायको बिकास र सहभागिताकोलागि सामुदायिक योजना प्रदर्शनी मेला

रञ्जन यादब /बारा समुदायको बिकास निर्माण प्रक्रियामा समुदायको योजना तथा सहभागिताकोलगि बाराको सिमरामा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ ।आवासका लागि सहयोग समूह ‘लुमन्ती’ को आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । उपमहानगरभित्रका ४ वटा वडाहरुको योजना र प्रतिबद्धतामा हस्ताक्षर भएको छ । लुमन्ती वडाहरुमा पुगेर योजनाको नाम सहित त्यहाँका समुदायलाई … Read more

हिमाद्री फुड उद्योगका मजदुरहरु काम बन्द गरी आन्दोलित

रञ्जन यादब /बारा बिरगंज पथलैया राजमार्गको रातो पुल नजिकै रहेको हिमाद्री फुड प्रा.लि.का मजदुरहरु कामकाज बन्द गरी आन्दोलित भएक छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित उद्योगले तलब बाहेकको सेवा सुबिधा नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उद्योगले बोनसको सुबिधा नदिएको र काम गर्दा अपनाउँनुपर्ने सेफ्टीमा ध्यान नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । … Read more

जीतपुरमा बालकलाई सर्पले टोक्यो ,बालकको अवस्था गम्भिर

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा एक बालकलाई सर्पले टोकेको छ । सर्पले टोक्नेमा जीतपुर बस्ने भोला कलवारका १३ बर्षिय छोरा जिगर कुमार गुप्ता रहेका छन् । बालकलाई घरमै गमन सर्पले टोकेको थियो । उनलाई उपचारकोलागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाईएको छ । बालकलाई टोक्ने सर्प … Read more

गर्मी अत्यधिक बढ्न थालेपछि टाँगिया बस्तीका बिद्यालयलाई पंखा हस्तान्तरण

रञ्जन यादब /बारा गर्मी अत्यधिक बढ्न थालेपछि बिकट क्षेत्रमा रहेका टाँगिया बस्तीका सामुदायिक बिद्यालयलाई श्री साथी नेपाल नामक गैह« सरकारी संस्थाले सिलिङ्ग पंखा उपलब्ध गराएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगिया बस्तीका दुई वटा सामुदायिक बिद्यालयलाई ६० थान सिलिङ्ग पंखा उपलब्ध गराईएको श्री साथी नेपालका कोषाध्यक्ष भिम प्रसाद उपाध्यायले जानकारी दिए । टाँगिया … Read more

बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचाल्यो

बिरगंज युथ एकेडेमीले बारामा सञ्चालित प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ । भएको फाईनल खेलमा बिरगंज सिटिलाई ४–० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको छ ।पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीमा सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । बिरगंज सिटिले गोल बचाउन नसक्दा बिरगंज युथ एकेडेमीले सिटि … Read more

सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठि पथलैयामा सम्पन्न

रञ्जन यादब /बारा बाराको पथलैयामा सब डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यालय बाराको आयोजनामा भएको गोष्ठीमा समितीका पदाधिकारीहरुलाई योजना तर्जुमा गर्ने तरिका सिकाईएको थियो । अगामी आर्थिक बर्षकोलागि उपलब्ध स्रोतसाधन र जनशक्तिको प्रयोग गरी योजना कसरी बनाउँन सकिन्छ लगायतको बिषयमा जानकारी गराईएको सब डिभिजन बन कार्यालय पथलैयाका प्रमुख साहयक … Read more