hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

कुशमाडिमा ६० बिघा जमिन सिंचाइ हुने डिप बोरिङ आयोजना संचालनमा ,नगर प्रमुख पौडेलले गरे उद्घाटन

रञ्जन यादब /बारा

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ कुशमाडी सरयमा मा शनिबारबाट एक महत्वपूर्ण सिंचाइ आयोजना संचालनमा आएको छ । करिब ८५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको डिप बोरिङ प्रणाली आजदेखि सञ्चालनमा ल्याइएको हो। उक्त आयोजना सञ्चालनमा आएसँगै करिब ६० बिघा जमिनमा सिंचाइ सुविधा उपलब्ध हुने वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए ।

डिप बोरिङकोलागि १ हजार ६ सय मिटर पाईप बिस्तार गरिएको छ ।संघिय सरकारको सहयोग र नबिनत्तम आन्तरिक सिँचाई परियोजना कार्यालय सर्लाहीको कार्यान्वयनमा यो आयोजना सम्पन्न भएको हो । डिप बोरिङ प्रणालीको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए । यसले स्थानीय कृषकहरूको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा उनले ब्यक्त गरे ।

स्थानीय तहको पहलमा निर्माण गरिएको यस डिप बोरिङ आयोजनाबाट वर्षैभरि सिंचाइ सुविधा प्राप्त हुने भएकाले कृषकहरू उत्साहित भएको नगर प्रमुख पौडेलले बताए । त्यस्तै तत्कालीन माओवादि केन्द्र तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका मुकेश कुमार साहले निर्वाचनमा हारजित आफनो ठाउँमा भएपनि आफु निरन्तर रुपमा जनताको साथमा रहेको बताए । नगर प्रमुख र वडा अध्यक्षले आयोजनाको कार्यान्वयनमा देखाउँनुभएको तदारुकताको प्रशंसा ब्यक्त गरे । यो आयोजना पुरा हुनमा करिब तीन बर्ष लागेको थियो ।