रञ्जन यादब /बारा
सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आयोजना गरेको स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, वीरगञ्जको प्राविधिक सहकार्यमा ५१ जनाले रक्तदान गरेको उपमहानगरपालिको बाताबरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख ईन्जिनीयर पुष्पा सिँहले जानकारी दिईन् । जसमा ९ जना महिला सहभागी थिए ।
रक्तदान गरेकाहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए। स्वास्थ्य परीक्षण.जीतपुरसिमरा अस्पतालका मे.सु. डा.प्रकाश साहको नेतृत्वमा रहेको चिकित्सक टोलीले सम्पन्न गरेका थिए ।कार्यक्रमले नागरिकहरूमा स्वास्थ्यप्रति सचेतना र सामाजिक उत्तरदायित्व बढाउन सहयोग पुग्ने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको जनाएको छ ।