रञ्जन यादब /बारा
बाराको कोल्भीमा डिभिजन वन कार्यालय बाराको आयोजनामा बाघ संरक्षण सम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर सम्पन्न भएको छ। शिबिरमा बाघको परिचय, मानिसमाथि बाघले आक्रमण गर्नुका कारण, बाघको महत्व, बाघ र मानिसबीच हुने द्वन्द्वका कारण तथा बाघका विशेषतासम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्देश्य समुदायमा बाघप्रति सकारात्मक सोच विकास गर्नु र मानव र बाघ बिच हुने द्वन्द्व न्यूनीकरण गर्न जनचेतना फैलाउनु रहेको थियो। शिबिरमा सहभागीहरूलाई बाघ संरक्षणको आवश्यकताको बारेमा सचेत गराउँदै वातावरणीय सन्तुलनमा बाघको भूमिकाको विषयमा समेत जानकारी दिइएको बन तथा बन्यजन्तु संरक्षणको बिषयमा कलम चलाईरहेका पत्रकार उपेन्द्र ठाकुरले जानकारी दिएका थिए ।
डिभिजन वन कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय स्तरमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिएको छ । स्थानीयले बाघप्रती आफुलाई लागेको जिज्ञासा राखेका थिए ।