रञ्जन यादब , पर्सा
पर्सागढी नगरपालिका वडा नं. ९ बड्हर्वाबाट साइकलमा लोड गरी चौपेटा काठ लैजाँदै गरेको अवस्थामा एकजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नं. १ बसोबास गर्ने ५५ वर्षीय रामसुरत चौधरी रहेका छन्।
बड्निहार सब डिभिजन वन कार्यालयबाट जमदार जीतबहादुर तामाङको कमाण्डमा खटिएको टोलीले करिब ५ क्युफिट काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साले जानकारी दिएको छ।
डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका चौधरीलाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको छ।