नेरा मा.बि. औराहाको अभिभावक भेला सम्पन्न, नयाँ विद्यालय व्यवस्थापन समिति गठन

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, औराहामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले दुर्गा बहादुर लामिछाने खत्रीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। नवनिर्वाचित समितिमा अभिभावक प्रतिनिधिको रूपमा रञ्जिता चौधरी, चेत कुमारी गौतम र सदरुल नेसा चयन भएका छन्।

त्यस्तै, शिक्षक–अभिभावक संघको अध्यक्षमा गोमा वाग्ले चयन हुनुभएको विद्यालयका सूचना अधिकारी धनप्रसाद बजगाईंले दिनुभयो ।समितिको गठनअघि आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले गर्नुभएको थियो ।उनले सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको छोराछोरी पनि सामुदायिक बिद्यालयमा पढाउँनुपर्ने धारणा राखेका छन् ।

केहि वडाहरुले यस्तो गतिबिधि बढाएकोमा धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष ईश्वर के.सी.ले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउन अभिभावकहरू जागरुक हुनुपर्ने धारणा राख्नुभयो। उहाँले समय–समयमा विद्यालयको अनुगमन गर्दै शिक्षक र विद्यार्थीका गतिविधिमा निगरानी राख्न आवश्यक रहेको बताउनुभयो ।शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधि हातेमालो गर्दै अघि बढेमा विद्यालयमा सुधार सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। बिद्यालयका प्रधानध्यापकले लालबाबु प्रसाद साहले शैक्षिक योजना र लेखापाल निराजन पौडेलले आर्थिक बर्ष २०८०।०८१ को लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन बिद्यालयका सुचना अधिकारी बजगाँईले गरेका थिए ।