जीतपुरसिमरामा चालक र सहचालकसँग एक मिनेट कार्यक्रमु सम्पन्न

रञ्जन यादब /

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको पाँचौँ दिन विशेष कार्यक्रम सम्पन्न गरिएको छ। पथलैयामा आयोजित कार्यक्रममा गाडीका चालक र सहचालकहरूसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरिएको हो। कार्यक्रमको उद्देश्य सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने र चालक तथा सहचालकलाई उत्तरदायी बनाउने रहेको आयोजक संस्थाका अधिकृत तथा कार्यक्रम संयोजक पुष्पा सिँहले जानकारी दिईन् ।

एक मिनेट अवधिमा ट्राफिक नियम, सावधानी र जिम्मेवारीबारे संक्षिप्त जानकारी दिइएको थियो। कार्यक्रमको क्रममा सडकमा गुड्ने गाडीहरूमा सड्क सुरक्षा सम्बन्धी सन्देश समेटिएका स्टिकरहरू पनि टाँसिएको थियो, जसले यात्रु र चालक दुबैलाई ट्राफिक नियमको महत्त्वबारे स्मरण गराउने उद्देश्य राखिएको थियो। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक ब्यवस्था कार्यालय पथलैया , यातायात व्यवस्था कार्यालय बारा कलैया, जिल्ला ट्राफिक कार्यालय बारा र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्य रहेको थियो।

यस अभियानमार्फत सवारीसाधन प्रयोगकर्ताहरूमा ट्राफिक नियम पालन गर्ने संस्कार विकास गर्न र सडक दुर्घटना न्यूनीकरणमा योगदान र्पुयाउने लक्ष्य लिइएको उपमहानगरपालिकाले जनाएको छ।

कार्यक्रममा यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख अबिन्द्र दास , जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी , ट्राफिक प्रहरी निरिक्षक दिपक के.सि. ,सोभम बिक्रम राणा लगायतको सहभागिता रहेको थियो ।