रञ्जन यादब /पर्सा
पर्साको लक्ष्मीपुरबाट चार थान अबैध चौकस सहित एक जना ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ स्थित घर भएका परदेशी गौरो रहेका छन् ।
बरामद चौकस काठ २.१५ क्युफिटको रहेको रङ्गपुर सब डिभिजन बन कार्यालयका छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । काँधमा चौकस बोकेर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । जमदार अर्जुन चौधरीको कमाण्डमा गएको बन गस्ती टोलीले काठ सहित मानिसलाई पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका परदेशी गौरोलाई डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने नियन्त्रणमा लिएको काठ(चौकस) लाई रङ्गपुर सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ । यस घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।