रञ्जन यादब /बारा
अन्तराष्ट्रिय जैविक विविधता दिवस २०८२ को अवसरमा डिभिजन वन कार्यालय बाराले विशेष सरसफाइ कार्यक्रमको आयोजना गरेको छ। प्रकृति र दिगो विकास, समृद्धिको मूल आधारू भन्ने नाराका साथ आयोजित कार्यक्रममा बाराको कोल्भी नगरपालिका वडा नं.२ स्थित पताल गङ्गा सिमसार क्षेत्र वरपरका झाडी तथा सिमसार भित्र थुपरिएर बसेको माटो ,बालुवा तथा फोहोरमैला सफा भईरहेको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो ।
मेसिनको प्रयोग गरी सरसफाई गर्दा पानीको मुहानमा असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी सर्बपक्षिय बैठकको निर्णय अनुसार ज्यालादारी मजदुरहरुको सहयोगले सरसफाई भईरहेको उनले बताए ।
कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयको अगुवाइमा कर्मचारी, स्थानीयबासी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। सरसफाइ अभियानले जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन तथा सिमसार क्षेत्रको सौन्दर्य अभिवृद्धिमा टेवा र्पुयाउने विश्वास आयोजकको छ ।पताल गङ्गा जैविक विविधता तथा पर्यावरणीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यस्ता अभियानले सिमसार क्षेत्रको संरक्षण र जनचेतना अभिवृद्धिमा सघाउ र्पुयाउने डिभिजनल बन अधिकृत झाले बताएका छन्। ।पताल गङ्गा कार्यक्रम तथा डब्लु.डब्लु एफ तालको सहयोगमा ५ हजार बर्गमिटर भन्दा बढी पताल गङ्गा सिमसारको सरसफाई भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।
सिमसारमा हरेक महिना पानी उपलब्ध हुने हुँदा बन्यजन्तुको मुख्य बासस्थान मानिन्छ ,यसको संरक्षणले जलस्रोत संरक्षण तथा जैबिक बिबिधताको संरक्षण हुने गर्दछ । सुखा मौसमको समयमा पनि सिमसारमा पानी रहने गरेको जसले यहाँका स्थानीयबासीलाई पानीको जोहो टार्न र उत्पादन बृद्धिमा महत्वपुर्ण योग्दान दिने गरेको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो ।