धनुषामा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधाम,कात्तिक २८- जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्टेसन नजिक रेलले किचिएर अन्दाजी ५० वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठ निवासी विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको वैदेही स्टेसनदेखि करिब ५ सय मिटर पूर्वमा … Read more

बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ

बारा, कार्तिक २३ गते । बारा जिल्लाको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ  परेका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट५ जना हतियारधारी समूहलाई सिम्रौनगढको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनाको साथबाट २ थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीनिरीक्षक रविभूषण यादवले बताउनु भयो । पक्राउँ पर्नेमा बारा सिम्रोनगढ नगरपालिका . वडा नं.११ भगवानपुर बस्ने बर्ष ४० को उपेन्द्र पटेल ,बर्ष २७ को धिरेन्द्र पटेल,बर्ष ६२ कोरुपलाल पटेल ,जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.२ बस्ने .बर्ष ४४ को राजमंगल पटेल र बर्ष ८० को सोभा राउत रहेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बिशेष सुचनाको आधारमा गएकोप्रहरीको टोलीले उपेन्द्र पटेलको घरबाट सो परिमाणको हातहतियार लुकाईपछपाई राखेको अवस्थामा बरामद गरेको थियो ।

जीतपुरसिमरा १४ मा ५५० जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थितलाई निस्सा वितरण

बारा, कार्तिक २१ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा ५५० जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको हो । वषौ देखी भुमिहीन भएर बसोबास गर्दै आएका परिवारको पहिचान गरि जग्गाका निस्सा वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चयन … Read more

महिला अधिकारकर्मीको नाममा चिनिने पुजा पाठकमाथी ठगीको आरोप

बारा, कार्तिक १९ गते । पूजा पाठक (रेखा पाठक) भनेर चिनिने मेची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेश संयोजकलाई उक्त संस्थाको केन्द्रिय कार्यसमितिको बैठकले आर्थिक हिनामिनाको आरोपमा निस्कासित गरेको छ। उक्त संस्थाले एक सार्वजनिक सूचना जारी गरि मिति २०८० कार्तिक १५ मा बसेको केन्द्रिय कार्यसमितिको बैठकको निर्णयअनुसार निज पाठकलाई संस्थाको विधान विपरित विभिन्न व्यक्तिको नाममा … Read more

देवाही गोनाही नगरपालिकाका समाजबादीका प्रत्यासी मेयर पटेल जसपामा प्रवेश

कार्तिक १८ गते देवाही नगरपालिकामा पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टीका मेयर प्रत्यासी धरमेन्द्र पटेल जनता समाजवादी पार्टी (जसपामा ) प्रवेश गरेको छ। रौतहटको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारमा जनता समाजवादी पार्टी नेपालको बितेको दशै आउँदै गरेको शुभ दिपवली तथा छट पर्वको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रममा … Read more

आइतबारबाट टिभिएस शोरुम जीतपुरमा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला

बारा, कार्तिक १८ गते । जीतपुरको पहाडीटोल मा रहेको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’मेला हुने भएको छ । कार्तिक १९ गते आइतबारबाट २५ गते शनिबार सम्म मेला सञ्चालन हुने आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न का प्रवन्धक किरण पुरीले जानकारी दिए । दसैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य … Read more

बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकारको चरित्र सम्बन्धि दिएका अभिव्यक्ति लिए फिर्ता

बारा, कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकार हत्या प्रकरणमा दिएका अभिव्यक्ति फिर्ता लिएका छन्। स्वर्णकारको चरित्र हत्या हुने गरि दिएका अभिव्यक्ति फिर्ता लिएका हुन् । एक विज्ञप्ति जारि गर्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्वर्णकारको हत्या सम्बन्धी आफुले दिएको अभिव्यक्तिलेबारा जिल्ला बासी माथि पर्न गएको दु:ख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् । सापकोटाले स्वर्णकारको हत्या उनको आफ्नै आचरणको कारण भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति सार्वजनिक भएलगतैजिल्ला भरि उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना हुन थालेको थियो । गत कार्तिक १३ गते बाराको बाल एक्ता ईङ्लिस बोर्डिक स्कुलका प्रधानाध्यापक समेत रहेका रुपेश स्वर्णकारको गोली हानि हत्यागरिएको थियो । उन्को हत्याको मुख्य योजनाकार सहित अन्य संलग्न केहि व्यक्तिहरू पक्राउ परेपछि मिडिया संग कुरा गर्दै प्रमुखजिल्ला अधिकारीले स्वर्णकारको हत्या सम्बन्धी विवादित अभिव्यक्ति दिएका थिए । यता हाल सम्म स्वर्णकारको मुख्य हत्यारा पक्राउ गर्न सकिएको छैन । स्वर्णकारको हत्या गर्ने सुटरहरू केही महिना पहिला पनि बारामैएउटा अर्को हत्या समेत गरेका थिए । स्वर्णकारका परिवारले पनि पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धान फितलो भएको र स्वर्णकारको चरित्र हत्या हुनेगरि प्रहरी प्रशासनसार्वजनिक गरेको रिपोर्ट गलत रहेको दाबि गर्दै आएका छन् ।

बाराको जीतपुरसिमरामा एक महिलाको शव फेला

बारा, कार्तिक १६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुर समेत … Read more

गलत नेतृत्वको कारण फतुवा विजयपुर अस्तव्यस्तः विजय यादव

कार्तिक १४ गते– रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका … Read more

जीपतपुरसिमरामा नापतौल गर्ने काँटा, मिटरहरु नविकरण गरिदै

बारा, कार्तिक १३ गते । बाराको जीतपुरसिमरा उपमहमनगरपालिकामा नाप तौल गर्ने सामाग्रीहरु नविकरण गरिदै छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्जले व्यवसायमा प्रयोग हुने काँटा, मिटर, ढक, तराजु लगायतका नापतौल गर्ने सामाग्री उपकरणहरु चेकजाँच गरि नविकरण गरिदै छ । नापतौल गर्ने सामाग्रीहरु नविकरण गर्न व्यवसायीहरु विरगञ्ज जान बाध्यताबाट … Read more