hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

पर्सामा अबैध रुपमा चोरी निकासी गरिएको १०.६६ क्युफिट सालको काठ बरामद, व्यक्ति फरार

रञ्जन यादब /पर्सा

पर्साको बिभिन्न ठाउँबाट अबैध रुपमा चोरी निकासी गरिएको १०.६६ क्युफिट सालको काठ बरामद भएको छ । पटेर्वा सुगौली र पर्सागढीबाट उक्त काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन असधकृत मञ्जुर अहमदले जानकारी दिए ।पटेर्वा सुगौली गाउँपालिका वडा नं. २, मकवानी टोलमा ५.८ क्युफिट काठको गोलिया फेला परेको हो ।

साईकलमा लोड गरि लैजादैँ गरिएको अवस्थामा सालको गोलिया फेला परेको सब डिभिजन बन कार्यालय रङ्गपुरका छैठो तहका अधिकृत उज्जवल यादबले जानकारी दिए ।घटनास्थलमा संलग्न व्यक्ति फरार रहेको जानकारी उनले दिए ।त्यस्तै नियमित गस्तीको क्रममा सबैया सब डिभिजन बन कार्यालयको टोलिले ४.८६ क्युफिटको चौपेता काठ फेला परेको छ ।

नियमित गस्तीको क्रममा जमदार जीत बहादुर तमाङ्गको नेतृत्वमा गएको बन गस्ती टोलिले पर्सागढी नगरपालिका वडा नं.१ स्थित जङ्गलभित्र काठ काटेर तासिरहेको अवस्थामा फेला पारेको हो । जङ्गलमा बन्चरो आवाज सुनि जाँदा दु्ई जना मानिस काठ तासिरहेका थिए हामीलाई हेरेर फरार भएको जमदार तमाङ्गले जानकारी दिए ।हाल फरार व्यक्तिको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय पर्साका बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।