मिलनचौकमा ६ थान अवैध साल काठ बरामद, काठ तस्कर फरार

रञ्जन यादब /

वीरगंज महानगरपालिका वडा नं. ३१ स्थित मिलनचोकमा राति १२ः३० बजे अवैध रूपमा लोड गरिएका साल जातका काठ बरामद गरिएको छ ।सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले ६ थान साइकलमा लोड गरी ल्याइ रहेका ४५ क्युफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बन गस्ती टोलीको उपस्थितिको खबर पाएपछि काठ ल्याउने व्यक्ति फरार भएका छन्। बरामद काठ र साइकललाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको डिभिजनल बन अधिकृत अहमदले बताए । यस घटनासँग सम्बन्धित व्यक्ति पहिचान गरी कानूनी कारबाही गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए ।