रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको ईनर्वासिरामा आयोजित नगर स्तरिय नृत्य प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । उपमहानगरपालिकाको सहयोग र श्री सरस्वती माध्यमिक बिद्यालय ईनर्वासिराको आयोजनामा वडा नं.१९ ईनर्वासिरामा आयोजित अन्तर बिद्यालय नगर स्तरीय नृत्य प्रतियोगितामा १७ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन् ।
सामुदायिक र संस्थागत बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच ब्राईटर एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।प्रतियोगितामा लोटस एकेडेमी ,सिमराले दोस्रो स्थान प्राप्त गर्दा सरस्वती माध्यमिक विद्यालय इनर्वाशिराले तेस्रो स्थान हात पारेको छ । विजेताहरूलाई क्रमशः नगद रु. १५ हजार, १२ हजार, र ८ हजारसहित शिल्ड र मेडल प्रदान गरेको आयोजक बिद्यालय श्री सरस्वती नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ईनर्वासिराका प्रधानध्यापक प्रमोद प्रसाद यादबले जानकारी दिए ।
नगर प्रमुख राजन पौडेलले उत्कृष्ट गरेका बिद्यालयहरुलाई नगद ,मेडल ,शिल्ड र प्रमाणपत्र बितरण गरेका थिए । नगर प्रमुख पौडेलले विद्यार्थीहरूको कलालाई सम्मान र प्रोत्साहन गर्ने यस्ता कार्यक्रमको महत्वबारे चर्चा गरे। उनले यस किसिमका प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नगरका सम्पुर्ण सामुदायिक माध्यमिक बिद्यालयहरुलाई कम्तीमा पनि १।१ वटा प्रतियोगिता आयोजना गर्ने निर्णय अनुसार सबैले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको बताए ।
यसले एक बिद्यालयका बिद्यार्थी र शिक्षकले अर्का बिद्यालयका बिद्यार्थी र शिक्षकसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताए । प्रतियोगिताको समापन समारोहमा सहभागी विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले विद्यार्थीहरूमा नृत्यकला र आत्मविश्वास बढाउने विश्वास गरिएको छ ।आयोजक बिद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष जगदिश प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१९ का वडा अध्यक्ष दिपेन्द्र कुमार क्षेत्री , प्याब्सनका बारा जिल्ला अध्यक्ष राजु कार्की लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन रामप्रबेशले गरेका थिए ।