बारा २० पुष
जीतपुरसिमरा उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिम सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख राजन पौडेलले शुभारम्भ गरेका हुन् ।
तालिममा कृष्ण गोसाईं, वीरेन्द्र वीर कर्माचार्य, मन्जु बस्यालले प्रशिक्षण दिनेछन् । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सुरु भएको तालिम पाँच दिन सम्म चल्ने छ । सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म गणित पढाउने शिक्षकहरुको तालिममा सहभागीता रहेको छ ।