hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण

रञ्जन यादब /बारा

बाराको सिमरा स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट बितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गरेको हो ।

संस्थाका पदाधिकारीले एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई ब्लाङ्केट हस्तान्तरण गरेका थिए । संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुका लागि वितरण गरिनेछ ।सोही कार्यक्रममा नगर अस्पतालमा जन्मिएको शिशुलाई ब्लाङ्केट ओढाइएको थियो भने सुत्केरी महिलालाई अण्डा, हर्लिक्स वितरण गरिएको थियो ।

संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष अनिता लम्साल अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव गिता शर्माले गर्नुभएको थियो ।सिमरा महिला सहकारीले प्रत्येक वर्ष अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गर्दै आएको छ ।