hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

सिम्रौनगढमा भारतीय कारबाट गाजा बरामद

रञ्जन यादब /बारा

बारा प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुरमा भारतीय कारबाट ४३ किलो गाँजा नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय सिम्रौनगढ र अमृतगञ्ज खाजानी चौकीबाट खटिएको संयुक्त टोलीले लागूऔषध फेला पारेको हो ।

प्रहरीका अनुसार, तेलकुवा हुँदै सिम्रौनगढतर्फ गइरहेको बिआर ०१ एयू ११०७ नम्बरको भारतीय कारमा पाँचवटा पोकामा गाँजा लुकाइछिपाई ल्याइँदै थियो ।चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने घटनास्थलबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

फरार चालकको पहिचान गरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।