युवा व्यवसायी प्रकाश गिरी पुनः महासचिवमा निर्वाचित

रञ्जन यादव /बारा, असार ८ जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको महासचिव पदमा युवा व्यवसायी प्रकाश गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। असार ७ गते सम्पन्न संघको निर्वाचनमा अध्यक्षमा निर्वाचित गजेन्द्रकुमार गुप्ता नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका गिरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुशील शर्मालाई फराकिलो मतान्तरले पराजित गर्दै पुनः महासचिवको जिम्मेवारी प्राप्त गरेका हुन्। निर्वाचन परिणामअनुसार गिरीले … Read more

स्वरोजगार प्रवर्द्धनमा जीतपुरसिमरा उपमहानगरको पहल : गार्मेन्ट फेब्रिकेटर तालिम सफलतापूर्वक सम्पन्न

रञ्जन यादव /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी न्यूनीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको प्राविधिक सीप विकास (गार्मेन्ट फेब्रिकेटर) तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा जेठ २३ गतेदेखि सञ्चालन भएको उक्त तालिम सोमबार आयोजित समापन समारोहका बीच औपचारिक रूपमा सम्पन्न गरिएको हो। समापन कार्यक्रममा … Read more

खेस्रौलको माझी टोलमा बिपन्नकोलागि २८ वटा आवास निर्माणको शिलान्यास

रञ्जन यादव /बारा, ४ असार लुमन्ती आवासका लागि सहयोग समूह र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त सहकार्यमा जीतपुरसिमरा उपमहानगरपालिका–११ खेस्रौलस्थित माझी टोलमा २८ वटा सुरक्षित तथा व्यवस्थित आवास निर्माण कार्यको शिलान्यास गरिएको छ।उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गर्दै आवास निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले … Read more

उखुबालीको उत्पादन वृद्धि र किसानमुखी प्रविधिमा जोड दिँदै राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको संयुक्त अनुगमन तथा मूल्याङ्कन सम्पन्न

रञ्जन यादब /बारा ०३ असार राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जीतपुर बाराको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत बारा र रौतहट जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा उखुबाली क्षेत्रमा गरिएका अनुसन्धान, प्रविधि विस्तार, उन्नत जातका उखुको परीक्षण तथा किसानस्तरमा भएका उपलब्धि र चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो। अनुगमनका क्रममा विभिन्न … Read more

सिमरा युनाइटेड क्लबलाई केआईईसि कन्सलटेन्सिद्वारा जर्सी हस्तान्तरण

रञ्जन यादब/बारा ०२ जेठ खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले केआईईसि ले सिमरा युनाइटेड क्लबका खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरेको छ। आयोजित एक कार्यक्रमका बीच का प्रतिनिधिहरूले क्लबका खेलाडी तथा पदाधिकारीहरूलाई जर्सी प्रदान गरेका हुन्। क्लबका खेलाडीहरूलाई आवश्यक खेल सामग्री उपलब्ध गराउँदै खेल क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको केआईईसि कन्सलटेन्सिले … Read more

जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन सम्पन्न, निर्वाचन प्रक्रियातर्फ अग्रसर

बारा । जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनको उद्घाटन सत्रमा संघले प्रकाशन गरेको स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्ष शर्माद्वारा प्रस्तुत … Read more

जीतपुरसिमरा–२३ वडा कार्यालयको नयाँ भवन उद्घाटन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ को नवनिर्मित वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ। ५६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १० कोठे भवनको नगर प्रमुख राजन पौडेलले रिबन काटेर तथा शिलालेख अनावरण गरी उद्घाटन गर्नुभएको हो। नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त … Read more

असार ७ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको मतदान हुने

रञ्जन यादब /बारा ०१ असार जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। अधिवेशनको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।सार्वजनिक कार्यतालिकाअनुसार असार २ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि सोही दिन साँझ ५ बजे अन्तिम मतदाता … Read more

जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घको तेस्रो अधिवेशन आज

जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घ (JSCCI) बाराको तेस्रो अधिवेशन आज बिहान १० बजे उद्घाटन हुने भएको छ। सङ्घका अनुसार अधिवेशनको उद्घाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घका नव निर्वाचित वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य बाट हुने तय भएकाे जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघले जनाएकाे छ । उद्योग, व्यापार तथा निजी क्षेत्रको विकास र सुदृढीकरणका विषयमा छलफल गर्ने उद्देश्यसहित … Read more

पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्दै ‘मधेस ट्राभल मार्ट’ सम्पन्न

रञ्जन यादब /बारा ३१ जेठ “मधेस घुमौँ, मधेस बुझौँ” भन्ने नारासहित मधेस प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित चारदिने मधेस ट्राभल मार्ट आइतबार सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध मधेस प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रम नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिका को संयुक्त आयोजनामा सम्पन्न भएको … Read more