जीतपुरसिमरा उपमहानगरमा अटो, ई–रिक्सा र टेम्पो दर्तामा उदासीनता, उपमहानगरको बारम्बारको आह्वान सवारीसाधन धनी कहाँ पुग्न सकेन्

रञ्जन यादब /बारा १० बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पोलाई अनिवार्य रूपमा दर्ता गराउन पटक–पटक आह्वान गरे पनि सवारीधनीहरूको उल्लेख्य सहभागिता नदेखिएको छ। उपमहानगरपालिकाले तीन–तीन पटक सूचना जारी गर्दा समेत अपेक्षित रूपमा सवारीधनीहरू दर्ताका लागि नआएको पाइएको हो। उपमहानगरपालिकाले पहिलो पटक २०८१ साल माघ २४ गते, दोस्रो पटक २०८१ साल चैत २७ गते … Read more

पथलैयादेखि चुरियामाईसम्मको सडक क्षेत्रमा बनेका अनधिकृत संरचना बैशाख १० गते सम्ममा हटाउन अल्टिमेटम

बारा /सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गअन्तर्गत पथलैयादेखि चुरियामाईसम्मको सडक क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन ३ दिनको अल्टिमेटम दिएको छ। सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र निर्माण गरिएका घर–टहरा हटाउन यसअघि पनि २०७३ मंसिर १८ र २०८० असार ९ गते लगायत विभिन्न मितिमा सूचना जारी गरिएको भए पनि अटेर गरिएकाले पुनः बैशाख … Read more

व्यवसाय सञ्चालनमा पारदर्शिता र नियम पालना गर्न जीतपुरसिमरा उद्योग वाणिज्य संघको आग्रह

रञ्जन यादब /बारा ०८ बैशाख जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ ले व्यवसाय सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उपभोक्ता मैत्री बनाउन व्यवसायीहरूलाई विभिन्न अनिवार्य निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। संघका महासचिव प्रकाश गिरी द्वारा हस्ताक्षरित उक्त सूचनामा सबै व्यवसायीले आफ्ना पसल तथा उद्योग सञ्चालन गर्दा वस्तुमा अधिकतम खुद्रा मूल्य(एमआरपी)स्पष्ट रूपमा अंकित गर्नुपर्ने र एमआरपी भन्दा बढी … Read more

सिमरा–काठमाडौं हवाई मार्गमा यात्रुको चाप घट्यो

रञ्जन यादब /बारा ०२ बैशाख सिमरा–काठमाडौं हवाई मार्गमा पछिल्ला दिनमा यात्रुको चाप उल्लेखनीय रूपमा घटेको छ। हवाई इन्धनको मूल्य वृद्धि भएसँगै टिकट दर बढेपछि यस रुटमा यात्रु संख्या तीव्र रूपमा घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ।अघिसम्म दैनिक ५ देखि ६ सयसम्म यात्रु आवतजावत गर्ने उक्त रुटमा अहिले करिब २ सय यात्रु मात्र सीमित भएका … Read more

राजश्व अनुसन्धान कार्यालय पथलैयामा विद्युत् सर्टका कारण आगलागी

रञ्जन यादब /बारा ०२ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा विद्युत् सर्टका कारण आगलागी हुँदा कार्यालय प्रमुखको कार्यकक्ष पूर्णरूपमा नष्ट भएको छ। मंगलबार राति करिब १२ बजे भएको उक्त आगलागीले कार्यालयको दोस्रो तल्लामा रहेको प्रमुख डिल्लीराज लेखकको कार्यकक्षमा ठूलो क्षति पु¥याएको हो। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्टकै कारण आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ। … Read more

नयाँ वर्षमा सिमरा पार्कमा दर्शकको अत्यधिक भीड, करिब एक लाखले अवलोकन गरे

रञ्जन यादब /बारा ०१ बैशाख नेपाली नयाँ वर्ष २०८३ को अवसरमा बाराको सिमरा स्थित थानीमाई सामुलायिक बन उपभोक्ता समुहद्धारा सञ्चालित सिमरा पार्कमा दर्शकहरूको अत्यधिक भीड लागेको छ। नयाँ वर्षको पहिलो दिनमै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित उक्तपार्क अवलोकन गर्न आउनेहरूको संख्या ह्वात्तै बढेको हो।थानीमाई सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष श्याम सुबेदीका अनुसार हालसम्म करिब एक … Read more

जितपुर–सिमरा उपमहानगरपालिकाद्वारा ३ दिने प्राविधिक कार्यशाला आयोजना

रञ्जन यादब/बारा जितपुर–सिमरा उपमहानगरपालिकाले सडक पूर्वाधार सुदृढीकरण तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने विशेष प्राविधिक कार्यशाला आयोजना गर्ने भएको छ। उपमहानगरपालिकाका अनुसार उक्त कार्यशाला २०८२ चैत ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। कार्यशालामा Pavement Design (सडक डिजाइन), Repair and Maintenance Work (मर्मत तथा सम्भार) तथा Contract Management (ठेक्का व्यवस्थापन) जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित … Read more

युद्धको असर देखाउँदै कृत्रिम मूल्यवृद्धि नगर्न उद्योग वाणिज्य संघको आग्रह

रञ्जन यादव /बारा हाल विश्वमा उत्पन्न युद्धको अवस्थाका कारण बजारमा विभिन्न वस्तुहरूको आपूर्ति र मूल्यबारे अनेक अफवाह फैलिएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीहरूलाई कृत्रिम मूल्यवृद्धि नगर्न आग्रह गरेको छ।संघका  महासचिव प्रकाश गिरीले बिहिबार एक सूचना जारी गर्दै ग्यास, तेल तथा अन्य अत्यावश्यक वस्तुहरूको मूल्य मनपरी रूपमा बढाएर उपभोक्तासँग ठगी नगर्न व्यवसायी तथा पसलधनीहरूलाई … Read more

आर्थिक रूपमा कमजोर महिलालाई सहकारीमार्फत सशक्त बनाउँदै लुमन्ति

रञ्जन यादव /बारा आर्थिक रूपमा कमजोर तथा विपन्न महिलालाई बचत गर्ने बानी विकास गराउँदै आत्मनिर्भर बनाउने उद्देश्यसहित लुमन्ति ले जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। दलित तथा विपन्न समुदायका घर–घरमा पुगेर महिलालाई आर्थिक रूपमा सबल बन्न सकिने विभिन्न आयामबारे जानकारी दिँदै बचत गर्ने संस्कार विकास गराउने काम भइरहेको छ। लुमन्तिले आफ्नो कार्यक्षेत्रअन्तर्गत रहेका उपमहानगरपालिकाको … Read more

प्रसाैनी उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः तुलसी साह निर्वाचित

रञ्जन यादब/ बारा प्रसाैनी उद्योग वाणिज्य संघको सिमरामा भएकाे दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः तुलसी साह दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमरकान्त झा, महासचिवमा राजेश कुश्वाहा, कोषाध्यक्षमा अमित टिवडेवाल र सचिवमा सौरभ गुप्ता चयन हुनुभएको छ। त्यस्तै … Read more