जीतपुर र प्रसौनी बजारमा संयुक्त अनुगमन ः अधिकांश पसल बन्द, पाँच पसलमा मात्र निरीक्षण

रञ्जन यादब /बारा ३१ बैशाख जितपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजार क्षेत्रमा बिहीबार जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनको सूचना र डरका कारण बुधबारदेखि नै अधिकांश व्यवसायीहरूले आफ्ना पसलहरू बन्द गरेका थिए भने बिहीबार पनि बजार क्षेत्रमा धेरैजसो सटरहरू बन्द नै रहेका थिए । अनुगमन टोली बजारमा पुग्दा खुलेका सीमित पसलहरूको मात्र … Read more

जीतपुर बजारमा नगर प्रहरीमाथि हातपात ,नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झड्प

रञ्जन यादब /बारा ३१ बैशाख बाराको जीतपुर स्थित जीतपुरसिमरा उपमहानगरपालिका–७ को जीतपुर बजार क्षेत्रमा बिहीबार नगर प्रहरी र फुटपाथ व्यवसायीबीच केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ। फुटपाथ अतिक्रमण हटाउने क्रममा विवाद बढेपछि बजार क्षेत्र तनावग्रस्त बनेको हो। उपमहानगरपालिकाले सडक तथा फुटपाथ खाली गराउने अभियान सञ्चालन गरिरहेका बेला मकै तथा फलफूल बेच्ने केही फुटपाथ व्यवसायी … Read more

बजार अनुगमनमा मुस्कान डेरी उद्योगलाई ७५ हजार जरिवाना ः बारा जिल्लामा दिन्हौँ अनुगमन हुँदै

रञ्जन यादब /बारा ३० बैशाख बारा जिल्लाको कोल्हवी क्षेत्रमा उपभोक्ता अधिकार संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको संयुक्त बजार अनुगमनमा मापदण्ड उल्लङ्घन गर्ने व्यवसायिक प्रतिष्ठानहरूलाई जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बारा को नेतृत्वमा गरिएको अनुगमनमा विभिन्न सरकारी तथा सरोकारवाला निकायहरूको संयुक्त टोली सहभागी थियो। टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा … Read more

अनुगमनको हल्लाले जीतपुर बजारका व्यवसायीहरू धमाधम पसल बन्द गरे ,बजार भर्न आएका ग्राहकहरु रित्तै घर फर्के

रञ्जन यादब /बारा ३० बैशाख बाराको जीतपुर स्थित जीतपुरसिमरा उपमहानगरपालिका–७ क्षेत्रमा मंगलबार बजार अनुगमन हुने हल्ला फैलिएपछि व्यवसायीहरूले धमाधम पसल बन्द गरेका छन् । अनुगमन टोली आउने त्रासका कारण अधिकांश व्यापारिक प्रतिष्ठान बन्द हुँदा दिनभरि जीतपुर बजार सुनसान बनेको देखिएको थियो । खाद्यान्न, किराना, कपडा, होटल तथा अन्य दैनिक उपभोग्य सामग्रीका पसलहरू समेत एक्कासी बन्द … Read more

बन कार्यालय बाराको गस्ती सक्रिय ःअबैध भण्डारणमा प्रयोग भएका तीनवटा गाडि नियन्त्रणमा

रञ्जन यादब /बारा २४ बैशाख बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले एक जेसीबी र दुई टिपर नियन्त्रणमा लिएको छ। डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजेश कुमार साह को नेतृत्वमा खटिएको टोलीले आज दिउँसो करिब १२ः४५ बजे उक्त सवारीसाधन नियन्त्रणमा … Read more

ठेक्का अलपत्र पार्ने २३ निर्माण कम्पनीविरुद्ध कडा कदम, जितपुरसिमराले सम्झौता तोड्ने प्रक्रिया अघि बढायो

रञ्जन यादब /बारा २२ बैशाख जितपुरसिमरा उपमहानगरपालिकाले विभिन्न विकास योजनामा ढिलासुस्ती गर्ने तथा काम अलपत्र पार्ने २३ वटा निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्नु, गुणस्तरमा कमजोरी देखिनु र पटक–पटकको निर्देशनसमेत बेवास्ता गरिनुका कारण यस्तो निर्णय लिन लागिएको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिए । उपमहानगरपालिकाका अनुसार … Read more

वडालाई थप अधिकार प्रत्यायोजन ः अब सेवा लिन नगर धाउनुपर्ने बाध्यता घट्ने

रञ्जन यादब /बारा २१ बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउन वडास्तरमै प्रशासनिक अधिकार विस्तार गरेको छ। प्रमुख प्रशासनिक अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित निर्णयअनुसार सबै वडा कार्यालयलाई सेवा सरल, सहज र प्रभावकारी बनाउन आवश्यक जिम्मेवारी प्रदान गरिएको हो।यस व्यवस्थासँगै अब सामान्य प्रशासनिक कामका लागि नागरिकले उपमहानगरपालिकाको मुख्य कार्यालय, जीतपुरसम्म धाउनुपर्ने बाध्यता कम हुने … Read more

जीतपुरसिमरामा सार्वजनिक जग्गाका सटर खाली, व्यवसायी आफैंले हटाए पसल

रञ्जन यादब /बारा १८ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका सात वटा सटर शुक्रबार व्यवसायीहरूले खाली गरेका छन्। उपमहानगरपालिकाको पटक–पटकको सूचना र अदालतको आदेशपछि व्यवसायीहरू सटर छाड्न बाध्य भएका हुन्। मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने बाटोको उत्तर भाग तथा रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका ती सटरहरूमा लामो समयदेखि मेडिकल, रेडिमेड कपडा … Read more

जीतपुरसिमरा–६ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन

रञ्जन यादब /बारा १४ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ को नवनिर्मित सुबिधा सम्पन्न वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन बारा क्षेत्र नं. ४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र नगर प्रमुख राजन पौडेलले संयुक्त रूपमा गरेका हुन् । वडा अध्यक्ष कैमुदिन … Read more

ओभरलोड मालवाहक सवारीमाथि पथलैयामा कडाई, दुई दिनमै ६ गाडी कारवाहीमा

रञ्जन यादब /बारा ११ बैशाख पथलैयास्थित नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने मालवाहक सवारीसाधनमाथि निगरानी र कारवाहीलाई थप कडाई गरेको छ। भारबहन नियमन सम्बन्धी निर्देशिका २०७४ ले निर्धारण गरेको सीमा भन्दा बढी भार बोकेका सवारीलाई लक्षित गर्दै कार्यालयले विशेष निगरानी थालेको हो।कार्यालयका अनुसार बुधबार र बिहीबार मात्र ६ … Read more