पर्साको बन संरक्षण टोलीले २८ क्युफिट काठ सहित १२ क्विन्टल दाउरा बरामद

रञ्जन यादब / पर्साको बन संरक्षण टोली बिभिन्न ठाउँबाट २८ क्युफिट काठ सहित १२ क्विन्टल दाउरा बरामद गरेको छ । पर्सागढी नगरपालिका वडा नं.१ मनवा स्थित घरको बारीमा लुकाईछिपाई राखिएको अवस्थामा १२.५ क्युफिटको दुई थान काठको गोलिया र वडा न.३ बड्निहारबाट ३.५ क्युफिटको एउटा काठको गालिया सहित ५ थान साईकल बरामद भएको बिन्दाबासनी कोईलाभार बड्निहार … Read more

लकि इम्पेक्सको तेश्रो शाखा सिमरामा खुल्यो

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२ सिमरामा इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ जीतपुरसिमरा रोड सुर्य नेपाल अगाडी लकि इम्पेक्स नामक इलेक्ट्रोनिक पसल बुधवार देखि सञ्चालमा आएको हो । हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभदिपावली र छठ पर्वको अवसर पारेर पसल उद्घाटन गरिएको छ ।लकि इम्पेक्स इलेक्ट्रोनिक पसलको उद्घाटन पूर्व मन्त्री प्रभु साह र जीतपुरसिमरा … Read more

राष्ट्रिय कृषक समुह महासंघ बारा र रौतहटमा अन्तराष्ट्रिय ग्रामिण महिला दिवस मनायो

रञ्जन यादब सबैकालागि स्वास्थ उत्पादनमा ग्रामिण महिला मुख्य नाराको साथ अन्तराष्ट्रिय ग्रामिण महिला दिवस बारा र रौतहट जिल्लामा मनाईएको छ ।।राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा बाराको कलैया उपमहानगरपालिका वडा नं.२४ मनहर्वामा र रौतहटको गढीमाई नगरपालिकामा कार्यक्रम भएको राष्ट्रिय कृषक समुह माहासंघ नेपालका प्रमानन्द चौधरीले जानकारी दिनुभयो । ग्रामिण महिलाको संलग्नता मार्फत दिगो बिकाशका दुईवटा … Read more

पर्सा जिल्लाको बन टोलीले साईकल सहित २४.०१ क्युफिट काठ बरामद

रञ्जन यादब पर्सा जिल्लाको बन टोलीले २४.०१ क्युफिट काठ बरामद गरेको छ । दैनिक गस्तीको क्रममा सोमबार राती बिरगंज महानगरपालिका वडा नं.३१ मा रहेको सत खनिया बन क्षेत्रबाट २०.२१ क्युफिट काठ बरामद भएको सबैया सब डिभिजन बन कार्यालयका फरेष्टर पुरुषोत्तम पटेलले जानकारी दिए । तस्करहरु ओसारपसार गर्न नसकेका सालको काठ चौपेता एक थान र सालको … Read more

मनवामा झाडी र परालमा लुकाइएको अवस्थामा दुई थान काठ बरामद

रञ्जन यादब/बारा पर्साको मनवामा घर अगाडिको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा दुई थान काठको गोलिया बरामद भएको छ। सबडिभिजन वनकार्य मनवाले १२.५५ क्युफिट काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदले जानकारी जानकारी दिए । पर्सागढी नगरपालिका वडा नम्बर १ ठूलो मनवा गाउँमा घरको बारीमा झाडी र परालले लुकाई छिपाई राखिएको अवस्थामा … Read more

कान्तिपुर डेन्टल क्लिनीकले गर्यो निशुल्क दन्त शिबिर , ३ सय ३० जनाले सेवा लिए

रञ्जन यादब /बारा  जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा भएको दुई दिने निशुल्क दन्त शिबिरमा ३ सय ३० जनाको दाँत चेक जाँच भएको छ । कान्तिपुर डेन्टल क्लिनीकको आयोजनामा भएको शिबिरमा १ सय ३४ जना महिला र १ सय ९६ जना पुरुषले आफनो दाँतको चेकजाँच तथा उपचार गराएको कान्तिपुर डेन्टल क्लिनीकका दन्त चित्सिक डा.रोशन कुमार साहले जानकारी दिए … Read more

मनवाबाट दुई थान सालको काठ सहित दुई वटा साईकल बरामद

रञ्जन यादब /बारा पर्साको मनवाबाट पर्साको बन गस्ती टोलीले दुई थान सालको काठ सहित दुई वटा साईकल बरामद गरेको छ ।मनवा सब डिभिजन बन र्कालय ,सखुनियाबाट खटिएको बन गस्ती टोली र बागेश्वर त्रित्रौनाबाट सशस्त्र प्रहरी कार्यालबाट संयुक्त रुपमा खटिएको टोलीले गएराती १४.०१ क्युफिट काठ बरामद गरेको डिभिजन बन कार्यालय ,पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले … Read more

सहकारी रकम अपचलन तथा ठगी गर्नेलाई कानुनी दायरामा ल्याउँछु ः मन्त्री क्षेत्री

रञ्जन यादब /बारा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो ।सहकारीको पैसा कसैले अपचलन गर्ने सोचमा कसैले राख्नुभएको छ ,भने आजैबाट हटाउँन अनुरोध गर्नुभयो … Read more

जीतपुरसिमरा -१० नितनपुरमा ५८ लाख ७८ हजार रुपैया भ्रष्टचार भएको आरोप

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरमा भ्रष्टचार भएको आरोप लागेको छ । वडा नं.१० को वडा कार्यालय अगाडि स्थानीयहरुहरु भेला भई आर्थिक बर्ष २०८०।०८१ को वडा बजेटमा वडा अध्यक्ष संजय पटेलले भ्रष्टचार गरेको आरोप लगाएका हुन् । वडा कार्यालयलाई बिनियोजीत १ करोड ६ लाख ३ हजार बजेट मध्ये ५८ लाख ७८ हजार बजेट … Read more

विन्दवासीनी सहकारी सिमराको आठौं साधारण सभा सम्पन्न

बाराको सिमरास्थित विन्दवासीनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शुक्रबार सिमरामा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक सिमराका शाखा प्रमुख चन्द्रमणी भट्टराईको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष नारायण क्षेत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्ष क्षेत्रीको संस्थागत तथा कोषाध्यक्ष गोविन्द बहादुर अधिकारीका आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र मुख्य प्रवन्धक रघुनाथ … Read more