रञ्जन यादब /बारा
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो ।सहकारीको पैसा कसैले अपचलन गर्ने सोचमा कसैले राख्नुभएको छ ,भने आजैबाट हटाउँन अनुरोध गर्नुभयो ।
ऐन ,कानुन अनुसार नचल्ने सहकारीलाई मधेश प्रदेश सरकार खारेज गर्ने योजनामा रहेको सुनाउँनुभयो । सहकारी शिक्षा सम्पुर्ण शेयर सदस्यहरुलाई दिँदा सहकारीमा हुने बैमानी तथा ठगी धन्दा आफै हटेर जाने जिकिर गर्नुयो । । मधेश प्रदेश सरकारले लामो समयदेखी सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने कार्यको चाडै सुरुवात गर्ने मन्त्री क्षेत्रीले बताए ।मधेश प्रदेशमा रहेका सहकारीका सदस्यहरुलाई शिक्षित बनाउँने काम आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताए । ‘जनताले दुःख गरेर जम्मा गरेको अपचलन ठगी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । त्यस्ता व्यक्तिलाई छोड्नु हुँदैन’ मन्त्री सिंहले भने ‘ति मान्छे मन्त्री भएका व्यक्ति हुन् वा राजनीतिक दलको माथिल्लो ओहदाका व्यक्ति हुन् ।
कानुनी दायरामा ल्याउनुपर्छ ।’सहकारी ठगीका घटनाले यस क्षेत्रमाथि जनविश्वास घट्ने खतरा रहेको भन्दै मन्त्री सिंहले छुट पाउने गरी कसैको देवत्वकरण नगर्न समेत आग्रह गरे । मन्त्री सिंहले सहकारी संस्थालाई व्यवस्थित ढंगले संचालन गर्न आवश्यक रहेको पनि बताए ।प्रदेश भित्रका सहकारी संस्थालाई नियमन, व्यवस्थित गर्नका लागि प्रदेशमा ऐन निर्माण भएको बताउँदै मन्त्री सिंहले कर्मचारी व्यवस्थापन गरेर अन्य काम अघि बढाईने बताए । उनले संघीय सरकारले उपलब्ध गराएको आठ सय सहकारी संख्यामध्ये २ सय ५० मात्रै सम्पर्कमा आएको बताउँदै अब सम्पर्कमा नआउने सहकारीलाई खारेज गरेर अघि बढ्ने बताए
।कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नेता एवं पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल,संस्थाका उपाध्यक्ष सन्जय साह,समाजेवी मुकुन्द बहादुर क्षेत्री,समाजसेवी कृष्ण व्रत सिंह लगाएतकाले शुभकामना मन्तव्य राखनु भएको थियो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी सहकारी हातेमालो सहकारी संस्थाले नमूनायोग्य काम गरिरहेको बताए ।
उनले सहकारी संस्थाहरुले छरिएर रहेको पूँजीलाई एकैस्थानमा ल्याएर लगानी गरिरहेको बताउँदै सहकारीहरुले लगानीको दायरालाई बढाएर लैजानुपर्ने धारणा राखेका थिए ।संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र १ वटा मुख्य कार्यालय र ३ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिए ।
संस्थाले ४ हजार २ सय भन्दा बढी शेयर सदस्यहरुबिच ७२ करोडको कारोबार गरेको छ । आर्थिक बर्ष २०८०।०८१ मा बचतमा ५२ करोड र लगानीमा ५२ करोड रुपैया रहेको संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेले जानकारी दिए । संस्थाको आर्थिक कारोबार गत आर्थिक बर्षको तुलनामा ११.५ प्रतिशतले बृद्धि भएको छ । शेयर पुँजी रकममा करिब ०.५९ प्रतिशतले कमि आएको छ भने बचतमा १५.४ प्रतिशतले बृद्धि भएको संस्थाका उपाध्यक्ष संजय कुमार साहले जानकारी दिए ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगरप्रमुख स्वःकृष्ण पौडेलको श्रीमतिलाई सम्मान गरिएको छ ।