मनवाबाट दुई थान सालको काठ सहित दुई वटा साईकल बरामद

रञ्जन यादब /बारा

पर्साको मनवाबाट पर्साको बन गस्ती टोलीले दुई थान सालको काठ सहित दुई वटा साईकल बरामद गरेको छ ।मनवा सब डिभिजन बन र्कालय ,सखुनियाबाट खटिएको बन गस्ती टोली र बागेश्वर त्रित्रौनाबाट सशस्त्र प्रहरी कार्यालबाट संयुक्त रुपमा खटिएको टोलीले गएराती १४.०१ क्युफिट काठ बरामद गरेको डिभिजन बन कार्यालय ,पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

काठ तस्करहरुले पर्सागढी नगरपालिका वडा नं.१ मनवा गेटबाट दोहरीतर्फ साईकलमा काठ लैजादैँ गरेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरु फरार भएको मनवा सब डिभिजन बन कार्यालय ,सखुनियाले जनाएको छ । फरेस्टर हरिभजन चौधरीका अनुसार काठ तस्करहरुलाई आफुहरुले लखेटेको तर उनीहरु साईकल र काठ छाडेर भागेको बताए ।बरामद काठ र साईकललाई मनवा सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।