पर्साको बन संरक्षण टोलीले २८ क्युफिट काठ सहित १२ क्विन्टल दाउरा बरामद

रञ्जन यादब /

पर्साको बन संरक्षण टोली बिभिन्न ठाउँबाट २८ क्युफिट काठ सहित १२ क्विन्टल दाउरा बरामद गरेको छ । पर्सागढी नगरपालिका वडा नं.१ मनवा स्थित घरको बारीमा लुकाईछिपाई राखिएको अवस्थामा १२.५ क्युफिटको दुई थान काठको गोलिया र वडा न.३ बड्निहारबाट ३.५ क्युफिटको एउटा काठको गालिया सहित ५ थान साईकल बरामद भएको बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष महम्मद रिजाबनुल हकले जानकारी दिए ।बड्निहार क्षेत्र नजिकको जङ्गलबाट ५ जनाको समुहमा रहेका तस्करहरु साईकलमा काठको गोलिया लोड गरी लैजादैँ गरेको अवस्थामा बन रक्षक टोलीलाई देखेर फरार भएका थिए ।

जङ्गलभित्र रुख काटेर बनाएको १२ क्विन्टल दाउरा बरामद भएको बताए ।१०,१२ जनाको सङ्ख्यामा रहेका तस्करहरु बन गस्ती टोलीलाई देखेर फरार भएको अध्यक्ष हकले बताए ।त्यस्तै रङ्गपुर सब डिभिजन बन कार्यालयबाट खटिएको बन टोलीले एक थान साईकल सहित मङ्गलबार राती भतौडाबाट ४.८३ क्युफिटको एक थान काठको गोलिया र बुधबार दिउँसो समयमा ७.८५ क्युफिटको दुई थान काठको गोलिया बरामद गरेको रेञ्जर कपिलदेव प्रसाद यादबले जानकारी दिए ।

पटेर्वासुगौली वडा नं.४ भलुवाही खोलाको बाँध नजिकै एक थान काठको गोलिया सहित साईकल र वडा नं.२ चाँफीबाट दुई थान काठ बरामद भएको रेञ्जर यादबले बताए । बन गस्ती टोली आएको सुचना पाएको काठ तस्करले साईकल र काठ छोडि भलुवाही खोला नजिकबाट फरार भएको उनले बताए । त्यस्तै काठ तस्करले जङ्गल छेउ नजिकै चाँफीमा थुपारिएको काठ बरामद भएको रङ्गपुर सब डिभिजन बन कार्यालयले जनाएको छ । पर्सा जिल्लामा डिभिजन बन अधिकृतको रुपमा मञ्जुर अहमद आए देखि नै बन,जङ्गल संरक्षणमा तिब्रता ल्याएका छन् । दिन्हौँजसो काठ बराम हुँदै आएको छ । उनले बन संरक्षण नियन्त्रण गर्नमा कुनै कसर नछोड्न कर्मचारी तथा बनसमितीहरुलाई निर्देशन दिएका छन् ।