राष्ट्रिय कृषक समुह महासंघ बारा र रौतहटमा अन्तराष्ट्रिय ग्रामिण महिला दिवस मनायो

रञ्जन यादब

सबैकालागि स्वास्थ उत्पादनमा ग्रामिण महिला मुख्य नाराको साथ अन्तराष्ट्रिय ग्रामिण महिला दिवस बारा र रौतहट जिल्लामा मनाईएको छ ।।राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा बाराको कलैया उपमहानगरपालिका वडा नं.२४ मनहर्वामा र रौतहटको गढीमाई नगरपालिकामा कार्यक्रम भएको राष्ट्रिय कृषक समुह माहासंघ नेपालका प्रमानन्द चौधरीले जानकारी दिनुभयो ।

ग्रामिण महिलाको संलग्नता मार्फत दिगो बिकाशका दुईवटा लक्ष्य शुन्य भोकमरी र लैङ्गिक समानता पुरा गर्ने उदेश्यले एक दिने कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय कृषक समुह महासंघले जनाएको छ ।

भि.एस.ओ र यु.के.ए.आई.डि. को सहयोगमा एक्टिभ परियोेजना अन्तर्गत उक्त कार्यक्रम भएको हो । कार्यक्रमको परिवेश र ग्रामिण महिलाको हक ,अधिकार संरक्षणबारे नथुनी माझिले प्रस्तुति प्रस्तुत गरेका थिए ।

दुईवटा छुट्टाछुट्टै समुदायबीच ज्ञान तथा अनुभव अदानप्रदान गरी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कृषक समुह ,आमा समुह ,किसान र वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कलैया उपमहानगरपालिका वडा नं.२४ मा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष हिरालाल चौधरी रहेका थिए ।