रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरमा भ्रष्टचार भएको आरोप लागेको छ । वडा नं.१० को वडा कार्यालय अगाडि स्थानीयहरुहरु भेला भई आर्थिक बर्ष २०८०।०८१ को वडा बजेटमा वडा अध्यक्ष संजय पटेलले भ्रष्टचार गरेको आरोप लगाएका हुन् । वडा कार्यालयलाई बिनियोजीत १ करोड ६ लाख ३ हजार बजेट मध्ये ५८ लाख ७८ हजार बजेट रकम कामै नगरी हिनामिना भएको आरोप पुर्ब वडा अध्यक्ष सरोज पटेलले लगाए ।
उनले वडा कार्यालयले अन्य कार्यालय खर्चको नाममा ३ लाख ,अवलोकन भ्रमणको नाममा ६५ हजार ,नाला सफाईको नाममा २ लाख ,लक्षित बर्गको कार्यक्रमको नाममा ५ लाख ,श्री ने.रा.आ.बि.नितनपुरमा शैक्षिक अनुदानको नाममा १ लाख ५० हजार , ,श्री ने.रा.आ.बि.बेहरामा शैक्षिक अनुदानको नाममा ८५ हजार ,शिक्षा तथा खेलकुद बिकाशको नाममा १ लाख ४० हजार भ्रष्टचार गरेको आरोप छ ।
त्यस्तै स्वास्थ्य औषधी खरिदको नाममा ३ लाख ,आकाष्मिक खर्चको नामा २ लाख ,ईन्धन मर्मत सम्भार तथा सड्क स्तोरोन्नतीको नाममा ७ लाख ४६ हजार ,नितनपुर ब्रहमबाबा बाउन्ड्रीवाल गेट निर्माणको नाममा १० लाख ,नितनपुर स्कुल बाउन्ड्रीवाल निर्माणको नाममा रु ५ लाख ,बेहरा चौक सड्क डिभाईडर निर्माणको नाममा रु ५ लाख ,बेहरा छठघाट माटो पुर्न योजनाको नाममा रु ५ लाख ,धर्म संस्कृती (छठघाट सजावट) को नामा रु ४ लाख र सुत्केरी भत्ताको नाममा रु २ लाख ७ हजार रकम भ्रष्टचार गरेको आरोप पुर्ब वडा अध्यक्ष पटेलले लगाए ।
वडा नं.१० का वडा अध्यक्ष पटेलले कामै नगरी यी शिर्षकहरुमा रकम भुक्तानी लिएको पुर्ब वडा अध्यक्ष सरोज पटेलले जिकिर गरे । भेलामा रामबाबु साह ,सुगन्धि पासवान लगायत करिब सय जना भन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।