hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

लकि इम्पेक्सको तेश्रो शाखा सिमरामा खुल्यो

बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२ सिमरामा इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ जीतपुरसिमरा रोड सुर्य नेपाल अगाडी लकि इम्पेक्स नामक इलेक्ट्रोनिक पसल बुधवार देखि सञ्चालमा आएको हो ।

हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभदिपावली र छठ पर्वको अवसर पारेर पसल उद्घाटन गरिएको छ ।लकि इम्पेक्स इलेक्ट्रोनिक पसलको उद्घाटन पूर्व मन्त्री प्रभु साह र जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्माले सन्युक्त रुपमा गर्नुभयो ।

पसल संचालक मोहम्मद इन्तयाफको अनुसार तिहारको उपलक्ष्यमा विशेष छूटका साथ इलेक्ट्रोनिक सामानहरू बिक्री सुरु गरिएको छ । ५० लाख रुपैयाँ लगानीमा सञ्चालन मा ल्याएको पसलमा इलेक्ट्रनिक, विद्युतीय सामग्रीहरू फ्रिज, टीभी,वशिङमेंसिन, ग्रिजर, पंखा, एसी, टेबल पंखा, राइस कुकर लगायत, स्याम्सुङ, एल जी, हाईएर, जस्ता ब्रान्ड कम्पनीका सामानहरू आधिकारिक थोक विक्रेता समेत भई सोही ब्रान्ड कम्पनी का सामानहरू उपलब्ध रहेको संचालक मोहम्मद इन्तयाफले बताए ।

उद्घतान कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्माले सिमरामै ठूलो इलेक्ट्रोनिक पसल संचालनमा आए पछि अहिले जीतपुरसिमरा बासीलाई अब बिरगंज समान किन्न जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो । लकि ईम्पेक्सले पहिला पनि बिरगंजमा २ वटा शाखा संचालन गरेको र तेश्रो शाखाको रुपमा सिमरामा समेत इलेक्ट्रोनिक पसल संचालनमा लयाएको संचालकलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

लकि इम्पेक्स बाट ग्राहकहरुले किस्ताबन्दी मा डाउन पेयमेण्ट गरेर समान किन्न सक्ने व्यवस्था रहेको छ भने ३० किलो मित्र सम्म समान खरिद गर्दा नि:शुल्क होम डीलेभरीको समेत व्यवस्था गरिएको छ भने नगद खरिदमा बम्फर छुटको समेत व्यवस्था गरिएको पसलका संचालक मोहम्मद इन्तयाफले बताउनुभयो ।