कान्तिपुर डेन्टल क्लिनीकले गर्यो निशुल्क दन्त शिबिर , ३ सय ३० जनाले सेवा लिए

रञ्जन यादब /बारा 


जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा भएको दुई दिने निशुल्क दन्त शिबिरमा ३ सय ३० जनाको दाँत चेक जाँच भएको छ । कान्तिपुर डेन्टल क्लिनीकको आयोजनामा भएको शिबिरमा १ सय ३४ जना महिला र १ सय ९६ जना पुरुषले आफनो दाँतको चेकजाँच तथा उपचार गराएको कान्तिपुर डेन्टल क्लिनीकका दन्त चित्सिक डा.रोशन कुमार साहले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कान्तिपुर डेन्टल क्लिनीकमा आयोजना गरिएको दन्त शिबिरम ग्रामिण क्षेत्रका महिला र पुरुषहरु बढि लाभान्वित भएको जनाईएको छ । उपचार गराउँन आएकाहरुमा दाँत फोहर हुने र किरा लाग्ने समस्या बढी देखिएको डा. साहले बताए ।

शिबिरमा जीतपुर ,सिमरा ,डुमरबाना ,नितनपुर ,हरपुर लगायत जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न ठाउँबाट र पर्सा जिल्लाको पर्सवा ,रामबन ,मिलन चौक , हरपुर लगायतको ठाउँबाट मानिसहरु आएको कान्तिपुर डेन्टल क्लिनीकले जनाएको छ ।शिबिरमा दाँत निकाल्ने ,दाँत भर्ने ,नयाँ दाँत लगाउँने ,बाङ्गोटिङ्गो दाँत मिलाउँने दाँत सफा गर्ने लगायतको सेवाहरु प्रदान गरिएको डा.साहले जानकारी दिए । दन्त शिबिर असोज १९ र २० गते सञ्चालन भएको थियो ।