पर्सा जिल्लाको बन टोलीले साईकल सहित २४.०१ क्युफिट काठ बरामद

रञ्जन यादब

पर्सा जिल्लाको बन टोलीले २४.०१ क्युफिट काठ बरामद गरेको छ । दैनिक गस्तीको क्रममा सोमबार राती बिरगंज महानगरपालिका वडा नं.३१ मा रहेको सत खनिया बन क्षेत्रबाट २०.२१ क्युफिट काठ बरामद भएको सबैया सब डिभिजन बन कार्यालयका फरेष्टर पुरुषोत्तम पटेलले जानकारी दिए ।

तस्करहरु ओसारपसार गर्न नसकेका सालको काठ चौपेता एक थान र सालको गोलिया एक थान गरी दुईथान काठ बरामद भएको हो । बरामद काठलाई सबैया सब डिभिजन बन कार्यालयको प्राङ्गनमा राखिएको साहयक बन अधिकृत रामप्रबेश प्रसादले बताए ।

बरामद काठ को कसले काहाँबाट काटि के प्रायोजनकोलागि कुन ठाउँमा ओसारपसार गर्नकोलागि तयारी अवस्थामा राखेको हो सो सम्बन्धमा अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । त्यस्तै सब डिभिजन बड्निहारले मङ्गलबार साँझ साईकलमा लोड गरी ल्याउँदै गरेको काठको गोलिया बरामद गरेको छ ।

करिब ७ बजेको समयमा तस्करले साईकलमा ३.८ क्युफिटको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा काठ नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बन रक्षक उमेश पटेल गस्तीकोलागि जाने क्रममा पर्सागढी नगरपालिका वडा नं.३ चितवनी टोलमा साईकलमा काठ लोड गरी लैजादैँ गरेको तस्करसँग जम्का भेट भएको थियो ।

दुई जनाको सङ्ख्यामा रहेका तस्करहरु र बन रक्षक पटेलबीच भिडन्त भएको थियो ।भिडन्तपछि साईकल र काठ छाडेर तस्करहरु भाग्न सफल भएको छैठो तहको बन अधिकृत उज्जवल यादबले बताए । बरामद काठलाई सब डिभिजन बड्निहारको नियन्त्रणमा राखिएको जनाईएको छ ।