जिल्ला हुलाक कार्यालय बाराले विभिन्न खेलकुद कार्यक्रम आयोजना गरी हुलाक दिवस मनायो

रञ्जन यादब /बारा २३ असोज

विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय बाराले आज शुक्रबार विभिन्न खेलकुद कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावनाहरू’ भन्ने नाराका साथ १५२औँ विश्व हुलाक दिवस मनाइएको हो । दिवसका अवसरमा कार्यालयले म्युजिकल चेयर, फुटबल शट गोल, बोटल फ्लिप, स्पुन रेस तथा घैँटो फुटाउने लगायतका खेल आयोजना गरेको जिल्ला हुलाक कार्यालय बाराका कर्मचारी गौतम हस्तीले जानकारी दिनुभयो ।

विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई कार्यालय प्रमुख दीपक पटेलले पुरस्कार वितरण गर्नुभय। कार्यालय प्रमुख पटेलले हुलाक सेवाको महत्व र प्रभावकारिता बढाउन कर्मचारीबीच सहकार्य र सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले बदलिँदो समयअनुसार हुलाक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।दिवसका अवसरमा आयोजित कार्यक्रमले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य र उत्साह अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।