बारामा दुई लाख २० हजारको अवैध पटाका बरामद गरी नष्ट

रञ्जन यादब /बारा २४ कार्तिक

बारा प्रहरीले भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएका ठूलो परिमाणका पटाका तथा आतिसबाजीका सामग्री बरामद गरी नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको प्रहरी चेकजाँचका क्रममा करिब दुई लाख २० हजार रुपैयाँ बराबरका पटाका नियन्त्रणमा लिइएको हो।
प्रहरीले इलाका प्रहरी कार्यालय जितपुर, प्रहरी चौकी निजगढ र प्रहरी चौकी पथलैयाबाट खटिएका टोलीले विभिन्न मिति र समयमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेका पटाका तथा आतिसबाजीका सामग्री बरामद गरेको जनाएको छ।

बरामद गरिएका विभिन्न प्रकारका पटाका तथा आतिसबाजीका सामग्री आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।अवैध रूपमा भित्र्याइने विस्फोटकजन्य सामग्रीबाट हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।