विश्रामपुरमा महाबिरी झण्डामेलाको आयोजना

बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वास्थित खेलमैदानमा दीपावलीको शुभ अवसरमा श्री महाबिरी झण्डामेलाको आयोजना गरिएको छ। मेलाको मुख्य आकर्षणका रूपमा नेपाल र भारतका पहलवानबीच विराट कुस्ती (दंगल) प्रतियोगिता सञ्चालन भइरहेको छ।प्रतियोगितामा नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता अवलोकन गर्न स्थानीयवासीसहित करिब ७०० देखि ८०० जनाको उपस्थिति रहेको छ।
कार्यक्रमको सभापतित्व मुसहर्वाका समाजसेवी सुरेश पण्डितले गर्नुभएको छ भने प्रमुख अतिथिका रूपमा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अली भुट्टो सहभागी हुनुभएको छ।विशिष्ट अतिथिका रूपमा जसपा नेपालका आ,पा , अध्यक्ष प्रत्यासी नेता मदन यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका आ,पा अध्यक्ष प्रत्यासी नेता अजय प्रजापति, रास्वपा बारा नेता सुमित यादव तथा नेपाली कांग्रेस बारा जिल्ला उपसभापति गा,पा अध्यक्ष प्रत्यासी अमिरिलाल पाल ,एमाले गा,पा अध्यक्ष प्रत्यासी धर्मदेव यादवको उपस्थिति रहेको छ।कार्यक्रममा विश्रामपुर गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ।
श्री महाबिरी झण्डामेलाको अवसरमा आयोजित यस कुस्ती प्रतियोगिताले परम्परागत खेलकुद संस्कृतिको संरक्षणसँगै नेपाल र भारतबीचको सांस्कृतिक झल्काउने उद्देश्यले सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छन