जीतपुरसिमरा गोल्ड कपको उपाधि नेपाल पुलिसको कब्जामा

रञ्जन यादब /बारा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिजितेको छ । सोमबार रातीसिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । … Read more

मधेश प्रदेशमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकियो

रञ्जन यादब /बारा मधेश प्रदेशमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य, वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ । मधेश प्रदेशका आँठवटै जिल्लामा छुटाछुट्टै जिल्ला इन्चार्ज तोकिएको छ । माओवादी केन्द्रले बारा जिल्लाको ईन्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठ(अनिल) लाई दिएको छ । त्यस्तै पर्सा जिल्ला इन्चार्जको जिम्मा विजय महतोलाई ,रौतहट जिल्लाको जिम्मेवारी सुरेन्द्र कुमार … Read more

बारा प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ

रञ्जन यादब /बारा बारा प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया बस्ने २० अनिल बैठा रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट पक्राउ गरेको हो । मौलापुरबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्र ०३ ००१ ख २७०१ नम्बरको … Read more

नयाँ बर्षको आगमनसँगै जीतपुरमा एक सय जनालाई निशुल्क खाना ख्वाईयो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा नयाँ बर्ष २०८१ को आगमनसँगै करिब २ सय जनालाई निशुल्क खाना ख्वाईएको छ । जीतपुर स्थित सहयोगी हात नेपाल संस्थाले गरिब असहाय तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई एक छाँक खाना ख्वाएको हो । सहयोग स्वरुप सङ्कलन गरिएको रकम र सामग्रीबाट खाना ख्वाईएको सहयोगी हात नेपाललका संरक्षक मनोज कुमार … Read more

नीति तथा कार्यक्रम समावेशी बनाउँन नगर प्रमुख पौडेलले थाले

रञ्जन यादब / बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अगामि आर्थिक बर्ष २०८१।०८२ को नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न छलफल थालेको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो। बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा … Read more

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध अन्तरक्रिया

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।अभिमुखिकरण कार्यक्रममा सहभागी चिकित्स तथा स्वास्थ्यकर्मिहरुले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन् । बिभिन्न आधुनिक प्रबिधिले झन् लिङ्गको … Read more

त्रिवेणी स्पिनिङ्ग मिल्समा आगलागि हुँदा २ करोडको क्षती

बाराको छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लिमा आगलागि हुँदा करिब २ करोड रुपैयाको क्षती भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको उक्त उद्योगमा भएको आगलागिबाट २५ सय के.भि.ए.को ट्रान्सफर्मरमा पुर्ण रुपमा क्षती पुगेको उद्योगको प्रशासकिय अधिकृत राजेश श्रेष्ठले जानकारी दिनुभयो । आगलागि भएको ट्रान्सफर्मरबाट आगो सल्किएर नजिकै रहेको सोहि … Read more

जीतपुरसिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप बढ्यो

रञ्जन यादब /बारा जीतपुरसिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक २ सय देखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन् भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स … Read more

साना किसान कृषि सहकारीको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम

रञ्जन यादब /बारा साना किसान कृषि सहकारी संस्था लि. सिमराको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यलय हेटौडाको सहयोगमा संस्थाले आफ्ना अन्तरसमुह अध्यक्षहरुका लागि आज सिमरामा एक दिने तालिम सञ्चालन गरेको हो । सहकारी संस्थाकी अध्यक्ष कुमला कुमारी रिमालले लघुबित्त सहकारी बैंकले … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश

   पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ … Read more