पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो ।
आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो । खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।
पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको तेस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले मेन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा चैत्र २ञ गते बुधवार हर्दि युवा समाज चितवन र एभेरेष्ट फुटबल एकाडेमी सर्लाही बिच अन्तिम सेमिफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।