जीतपुरसिमरा गोल्ड कपको उपाधि नेपाल पुलिसको कब्जामा

रञ्जन यादब /बारा

नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिजितेको छ । सोमबार रातीसिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो । प्रशिक्षक चेतन घिमिरेले टाइव्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तीममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बन्नुभयो । अमितले मच्छिन्द्रको दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो ।

मच्छिन्द्रका लागि विशाल तामाङ्ग, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दनदासको प्रहार पुलिसका गोलरक्षकले सेभ गरेका थिए । पुलिसकालागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गर्नुभयो ।

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेको थिएन । मच्छिन्द्र निर्धारित समयको अन्त्यतिर ९ खेलाडीमा सिमीत बनेको थियो । उत्सव राई ८४ औं मिनटमा रातोे कार्डको सामनागर्दै मैदानबाट बाहिरिएकाथिएभने खेलको ८८ औं मिनटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामनागर्दै मैदानबाट बाहिरीए । ९ खेलाडीमा सिमीत भए पनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो ।
पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफदि म्याच घोषित हुनुभयो । उहाँले रु १० हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो । पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । उहाँले २५ हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो । पुलिसका उज्ववल राई र बीरगञ्जयुनाईटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बन्नुभयो । उहाँहरुले २५ हजार नगद सहित ट्रफि प्राप्त गर्नुभयो ।

आयोजक नव जन जागृतियुवाक्लब सिमराका प्रज्वल थापा मगरले इमर्जिङ प्लेयर अफदि टुर्नामेन्टको ट्रफि सहित १५ हजार प्राप्त गर्नुभयो ।प्रतियोगिताको फेयर प्लेको ट्रफि आयोजक टिमलेनै प्राप्त गर्न सफल भयो ।मच्छिन्द्रका बिमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले स्कुटर प्राप्त गर्नुभयो । बिजेता नेपालपुलिस क्लबलले रु १० लाख रुपैया र ट्रफि तथा मेडल र उपबिजेता मछिन्द्र फुटबल क्लबले रु ५ लाख रुपैया र ट्रफि तथा मेडल प्राप्त गरेको छ ।