बारा प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ

रञ्जन यादब /बारा

बारा प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया बस्ने २० अनिल बैठा रहेका छन् ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट पक्राउ गरेको हो । मौलापुरबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्र ०३ ००१ ख २७०१ नम्बरको बसमा सवार उनको साथबाट लुकाईछिपाई राखिएको अवस्थामा भारी परिमाणमा लागुऔषधहरु बरामद भएको प्रहरीले जनाएको छ ।

बैठाको साथबाट डाइजेपाम १०२ पत्ता २ हजार ५५० पिस, नाइट्राभेट ३११ पत्ता ४ हजार ६६५ पिस, नुर्फिन ५० पत्ता १ हजार २५० पिस गरी जम्मा ८ हजार ४६५ पिस लागुऔषध फेला पारेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारीदिनुभयो ।पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी जनाएको छ ।