साना किसान कृषि सहकारीको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम

रञ्जन यादब /बारा

साना किसान कृषि सहकारी संस्था लि. सिमराको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यलय हेटौडाको सहयोगमा संस्थाले आफ्ना अन्तरसमुह अध्यक्षहरुका लागि आज सिमरामा एक दिने तालिम सञ्चालन गरेको हो ।

सहकारी संस्थाकी अध्यक्ष कुमला कुमारी रिमालले लघुबित्त सहकारी बैंकले सहकारीका अन्तरसमुह सदस्यहरुलाई समय समयमा तालिम आयोजना गर्नका लागि सहयोग गर्दै आएको बताएकी छिन् । तालिममा सञ्चालक समिति सदस्यहरु बाहेक ६० जना सेयर सदस्य महिलाहरु सहभागी भएका थिए । २०७३ सालमा दर्ता भएर विभिन्न कारणले ४ वर्षअघि मात्रै सञ्चालनमा आएको साना किसान कृषि सहकारी संस्था सिमरामा करिव २ हजार सेयर सदस्य छन् । करिव १८ करोडको आर्थिक कारोवार रहेको संस्थाको दायित्व र सम्पति गरेर २१ करोड रहेको छ । साथै १ करोड ७३ हजारको सेयर पुँजी र सदस्यहरुको वचत करिव ५ करोड रहेको अध्यक्ष रिमालले जनाएकी छिन् ।

संस्थाले पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, निशुल्क आँखा परीक्षण, प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलको टाँगियावस्तीमा बाघले बाख्रा खाएको किसान परिवारलाई समेत आर्थिक सहयोग गर्दै आएको छ । सो सहकारी संस्थाको कार्यक्षेत्र भने जीतपुर सिमरा उपमहानगरको २४ वटै वटाहरु रहेका छन् । ।६० जनाभन्दा धेरै सदस्य सहभागी कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका सहकारी शाखा प्रमुख सुधन चौधरी र सहकारी विज्ञ प्रकाश पाण्डेले प्रशीक्षण दिएका थिए । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था सिमराका वरिष्ठ उपाध्यक्ष लक्ष्मि बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको उद्देश्य बारे प्रवन्धक कुलोत्तम पोखरेललले मन्तव्य व्यक्त गरेका हुन् ।