नयाँ बर्षको आगमनसँगै जीतपुरमा एक सय जनालाई निशुल्क खाना ख्वाईयो

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा नयाँ बर्ष २०८१ को आगमनसँगै करिब २ सय जनालाई निशुल्क खाना ख्वाईएको छ । जीतपुर स्थित सहयोगी हात नेपाल संस्थाले गरिब असहाय तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई एक छाँक खाना ख्वाएको हो ।

सहयोग स्वरुप सङ्कलन गरिएको रकम र सामग्रीबाट खाना ख्वाईएको सहयोगी हात नेपाललका संरक्षक मनोज कुमार साहले जानकारी दिनुभयो । उहाँले अब हरेक शनिबार निशुल्क एक छाँक खाना ख्वाईने योजना रहेको बताउँनुभयो । शनिबार पहिलो दिन करिब २ सय जनालाई दाल, भात, तरकारी र अचारसहित शाकाहारी खाना खुवाइएको छ ।

निशुल्क खाना खुवाउने कार्यबाट विशेष गरी निम्न वर्गीय श्रमिक लाभान्वित भएका छन् । पहिलो दिन ठेला तथा रिक्सा चलाउनेदेखि लिएर नियमित ज्यालामजदुरी गर्ने तथा जीतपुर क्षेत्रको मुख्य राजमार्गबाट आवतजावत गर्ने सर्वसाधारण एवम् पैदल यात्रुहरुसमेत खाना खान पुगेका थिए । संस्थाका अध्यक्ष देवान्न साहकाको अध्यक्षतामा भएको भएको निशुल्क खाना ख्वाउँने कार्यक्रमको औपचारिक उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।

सहयोगी हात नेपालले सहयोग प्राप्त भईरञ्जेल सम्म खाना ख्वाईरहने जनाएको छ । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी, नेकपा माओबादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल ,जितपुरगाबिस पुर्ब अध्यक्ष कृष्ण व्रत सिंह ,समाजसेवी राजुराज गिरी , मनिर अंसारीले लगायतको उपस्थिति रहेको थियोे ।